बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा
बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा


गान्तोक, 17 मार्च (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले आज राज्यपाल ओम प्रकाश माथुरलाई राजभवनमा शिष्टाचार भेट गरे। विधानसभा अध्यक्षको साथमा विधानसभाका सचिव, प्रधान निदेशक र निजी सचिव पनि उपस्थित थिए।

यस भेटको क्रममा अध्यक्ष शेर्पाले राज्यपाललाई आगामी 26 मार्चदेखि शुरू हुन लागिरहेको 11औं विधानसभा, द्वितीय सत्र (भाग III), बजेट सत्र 2025-26 मा आफ्नो अभिभाषण राख्नको निम्ति निमन्त्रणा दिए। यस अतिरिक्त, अध्यक्ष शेर्पाले आगामी सत्रका एजेन्डाहरूको बारेमा पनि राज्यपाललाई जानकारी दिए।

राज्यपालले निमन्त्रणालाई स्वीकार गर्दै सत्रको सफल सञ्चालनको निम्ति आफ्नो शुभकामना दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande