भूकम्पको त्रासदी: प्रधानमन्त्री मोदीले म्यानमारका वरिष्ठ जनरल मिन आङ ह्लाइङसँग कुरा गरे
प्रधानमन्त्री मोदी


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। भूकम्पको त्रासदीका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार म्यानमारका वरिष्ठ जनरल मिन आङ ह्लाइङसँग कुराकानी गरे। मोदीले उनलाई एक नजिकको मित्र र छिमेकीको रूपमा भारत यस कठिन समयमा म्यानमारका जनतासँग ऐक्यबद्धतामा उभिएको भरोसा दिलाए।

प्रधानमन्त्रीले एक्स पोस्टमा लेखेका छन्, 'म्यानमारका वरिष्ठ जनरल महामहिम मिन आङ ह्लाइङसँग कुरा गरे। विनाशकारी भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरें। एक नजिकको मित्र र छिमेकीको रूपमा भारत यस कठिन समयमा म्यानमारका जनतासँग ऐक्यबद्धतामा उभिएको छ। अपरेशन ब्रह्मा अन्तर्गत आपदा राहत सामग्री, मानवीय सहयोग, खोज र उद्धार टोलीहरूलाई प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा पठाइॅंदैछ।'

उल्लेखनीय छ, भारत सरकारले भूकम्प प्रभावित म्यानमारमा राहत र उद्धारका लागि अपरेशन ब्रह्मा शुरु गरेको छ। यस अन्तर्गत, 15 टन तत्काल मानवीय सहायताको पहिलो खेप याङ्गुन पुगेको छ। यसबाहेक, राहत सामग्री बोकेर भारतीय वायुसेनाका थप दुई विमानहरू पठाइँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande