अनकापल्ली, 13 अप्रेल (हि.स.)। जिल्लामा कोटावुराटला मण्डलको कैलासपट्टनममा एउटा पटेका कारखानामा आइतवार भीषण विस्फोटपछि आगो लाग्दा दुई महिला समेत आठ जनाको मृत्यु भयो भने अन्य छह जना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल पुऱ्याइएको छ, जसमध्ये दुईको स्थिति गम्भीर बनेको छ।
घटनाको सूचना पाएपछि दमकलकर्मी र पुलिस घटनास्थला पुग्यो र बचाउ कार्य शुरू गऱ्यो। घटनामा मुख्यमन्त्री चन्द्रबाबू नायडूले शोक व्यक्त गरेका छन्। जिल्लाधिकारीले पूरा घटनाको जाँचको आदेश दिएका छन्।
कोटावुराटला मण्डल केन्द्रदेखि तीन किमी टाढ़ा कैलासपट्टनममा एउटा पटेका बनाउने कारखानामा दिवालीको निम्ति पटेका बनाउने काम चलिरहेको थियो। आज पटेका बनाएको समय अचानक भीषण विस्फोट भयो र कारखानाको बिल्डिङको एउटा हिस्सा ढल्यो र आगो लाग्यो। घटनाको सूचना पाउनसाथ दमकलकर्मी र पुलिसले घटनास्थलमा पुगेर बचाउ कार्य शुरू गऱ्यो।
यस दुर्घटनामा आठ जनाको ज्यान गएको छ। जसको पहिचान निर्मला, रामालक्ष्मी, वेणुबाबु, बाबूराव, मनोहर, टाटाबाबू, पापा र गोविन्दको रूपमा भएको छ। यस बाहेक छह जना घाइते भएका छन्, जसलाई अस्पताल पुऱ्याइएको छ। पीड़ित काकीनाडा जिल्लाको साम्भर लखोटा मण्डलको निवासी बताइएको छ।
एक जानकारी अनुसार, विस्फोटको समय कारखानामा 15 श्रमिकले काम गरिरहेका थिए। दुर्घटनाको पूरा विवरण अहिले आधिकारिक रूपमा अगाड़ी आएको छैन। घटनास्थलमा अहिले बचाउ कार्य जारी छ। आन्ध्र प्रदेशका गृहमन्त्री अनीताले विस्फोटमा गहिरो शोक व्यक्त गरिन्। उनले अग्निशमनकर्मीहरूलाई सतर्क गराइन्। कलेक्टर विजयकृष्णनले घटनाको जाँचको आदेश दिएका छऩ्। यस सम्बन्धमा अनकापल्ली जिल्लाका एसपी तुहीन सिन्हाले भने, पटेका बनाउने कारखानामा विस्फोटपछि आठ श्रमिकको मृत्यु भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी