भीम पदयात्रामा सामेल भए केन्द्रिय मन्त्री मण्डाविया, डा. अम्बेडकरको कृतित्वबाट प्रेरणा लिने आह्वान गरे
भीम पदयात्रामा सामेल भए केन्द्रिय मन्त्री मण्डाविया, डा. अम्बेडकरको कृतित्वबाट प्रेरणा लिने आह्वान गरे


पटना, 13 अप्रेल (हि.स.)। केन्द्रिय युवा मामिला एवं खेल तथा श्रम एवं रोजगार मन्त्री डा. मनसुख मण्डावियाले आइतवार पटनामा जयभीम पदयात्राको नेतृत्व गरे। पदयात्रालाई बिहार विधानसभाका अध्यक्ष नन्द किशोर यादवले हरियो झण्डा देखाए औं यसमा 6,000 भन्दा धेरै माई भारत युवा स्वयंसेवकहरूले भाग लिए। यस अवसरमा जनसमूहलाई सम्बोधित गर्दै डा. मण्डावियाले नयाँ भारतको निर्माणको निम्ति डा. अम्बेडकरको विरासतको पथप्रदर्शक बन्ने आह्वान गरे।

डा. मण्डावियाले देशका युवाहरूसित विकसित भारत यात्रामा बाबासाहेब अम्बेडकर र अन्य महान नेताहरूको दूरदृष्टि, विरासत र अनुकरणीय कार्यहरूबाट प्रेरणा लिने आग्रह गरे। उनले भनेका छन्, बाबासाहेबले 1947 को शुरूआतमा महिलाहरूका लागि समान अधिकार सुनिश्चित गर्नमा अग्रणी योगदान दिए। त्यस समय जब विश्वका धेरै हिस्साहरूमा लैंगिक समानतालाई मान्यता दिइएको थिएन। युवा पीढ़ीसित यी राष्ट्रिय प्रतीकहरूको आदर्शहरूको पालन गर्न एक गम्भीर संकल्प (प्रतिज्ञा) लिने आह्वान गर्दै डा. मण्डावियाले युवा नेतृत्व राष्ट्रिय विकासको महत्वलाई दोहोराए।

उनले युवाहरूसित एक मजबुत, आत्मनिर्भर र समावेशी विकसित भारतको निर्माणको निम्ति प्रधानमन्त्रीद्वारा परिकल्पित पंचप्राणको साथ आफूलाई जोड्ने आह्वान गरे। पटना उच्च न्यायालय नजिक पदयात्राको समापनमा डा. मनसुख मण्डावियाले अन्य नेताहरूको साथ डा. बीआर अम्बेडकरको प्रतिमा वरपर सफाई अभियानमा भाग लिए। यसपछि उनले बाबासाहेबको फोटोमा माल्यार्पण गरी उनको श्रद्धापूर्ण स्मरण गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande