जेनेवा, 15 अप्रेल (हि.स.)। कुनै समय भारतको गौरव रहेको शाही हीरा गोलकोन्डा ब्लू पहिलो पल्ट जेनेवामा लीलामी हुन गइरहेको छ। 14 मईको दिन जेनेवामा क्रिस्टीज कम्पनीले यसको लीलामी गर्नेछ। यसको मूल्य लगभग 36 देखि 48 मिलियन डलर (300 देखि 400 करोड़ रूपियाँ) मापिएको छ।
क्रिस्टीज कम्पनीका प्रवक्ता अनुसार, यो 23.24 क्यारेटको चम्किलो नीलो अनमोल हीरा हो। यसलाई पेरिसका एक डिजाइनरले औंठीमा जड़ेका छन्। लीलामीलाई लिएर जेनेवामा तयारी भइऱहेको छ। यो हीरो पहिलो भारतको इन्दौर र बड़ौदाका महाराजाहरूसित थियो। तर समय बित्दै जाँदा यो जेनेवा पुग्यो।
हिन्दुस्थान समाचार / भवानी थामी