नयाँ दिल्ली, 21 अप्रेल (हि.स.)। केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले यदि सबैले स्वस्थ जीवन शैली अपनाए फेटी लिवरलाई रोक्न सकिने भनेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रसित अपीललाई दोहोराउँदै भने, खाना पकाउँदा तेलको उपयोग कम्तीमा 10 प्रतिशतसम्म कम गरौं र मोटोपनासित लड्नबारे मानिसहरू जागरूक होस्।
केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डा सोमवार मन्त्रालयको तर्फबाट लिवर स्वास्थ्य शपथ समारोहलाई सम्बोधित गरिरहेका थिए। यो कार्यक्रम विश्व लिवर दिवस 2025 को अवसरमा निर्माण भवनमा भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (एफएसएसएआई) र इन्स्टीट्यूट अफ लिवर एण्ड बिलियरी साइन्सेजको सहयोगमा आयोजित गरिएको थियो। यस अवसरमा केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण राज्य मन्त्री अनुप्रिया पटेल, केन्द्रिय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तव, स्वास्थ्य सेवाहरूका महानिदेशक प्रो. (डा.) अतुल गोयल, यकृत एवं पित्त विज्ञान संस्थानका निदेशक प्रो. (डा.) एसके सरीन, भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणका सीईओ जी कमला वर्धन राव पनि उपस्थित थिए।
नड्डाले भने, फेटी लिवरले न केवल लिवरको कार्यलाई प्रभावित गर्दछ तर हृदय रोग, मधुमेह, उच्च रक्तचाप र यहाँसम्म कि क्यान्सरको जोखिमलाई पनि केही हदसम्म बढ़ाउँदछ। राम्रो खबर के छ भने फेटी लिवरलाई रोक्न सकिन्छ र स्वस्थ जीवनशैली र स्वस्थ खान-पानलाई जीवनमा उतारेर धेरै हदसम्म यसलाई ठीक पार्नसकिन्छ।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो मन की बात मा राष्ट्रसित खाना पकाउदाँ तेलको उपयोगलाई कम्तीमा 10 प्रतिशतसम्म कम गर्ने अपील गरिसकेका छन्। यो सानो तर शक्तिशाली कदमले स्वस्थ लिवर सुनिश्चित गर्ने र देशमा गैर-संचारी रोगहरू (एनसीडी) को बोझलाई कम गर्नमा मद्दत गर्नसक्छ। हामी सबैलाई थाहा छ, लीवर हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगहरूमध्ये एक हो, जसले पाचन, विषहरण र ऊर्जा भण्डारण जस्ता आवश्यक कार्य़ गर्दछ। यदि लीवर स्वस्थ छैन भने पूरा शरीर पीड़ित हुन्छ। नड्डाले सबैसित लिवरको स्वास्थ्यको खयाल राख्ने, नियमित रूपमा यसको जाँच गराउने र एक स्वस्थ जीवनशैली अपनाउने संकल्प लिने आह्वान गरे।
हिन्दुस्थान समाचार / भवानी थामी