कतरमा मुकेश अम्बानीले अमेरिकी राष्ट्रपति ट्रम्पसित गरे भेट
कतरमा मुकेश अम्बानीले अमेरिकी राष्ट्रपति ट्रम्पसित गरे भेट


नयाँ दिल्ली, 15 मई (हि.स)। रिलायन्स इण्डस्‍ट्रीज लिमिटेड (आरआईएल)- का चेयरम्यान मुकेश अम्बानीले बिहिवार कतरको दोहास्थित लुसैल प्यालेसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्मप र कतरका अमीरसित भेट गरे। यस कार्यक्रमको जारी फुटेजमा रिलायन्स प्रमुखलाई अमेरिकी वाणिज्य सचिव स्टीव लुटनिकसित बातचित गर्दै गरेको देखिएको छ।

राष्‍ट्रप‍ति ट्रम्पसित मुकेश अम्बानीको यस भेटलाई लिएर वैश्विक व्यापारिक जगतमा चर्चा चुलिएको छ। यो हाई-प्रोफाइल मीटिंगले वैश्विक व्यापार अनि कुटनीतिमा मुकेश अम्बानीको बढ़्दो प्रभावलाई दर्शाउँछ। राष्‍ट्रपति ट्रम्पको लागि कतरका अमीरद्वारा आयोजित राजकीय रात्रिभोजमा उनले ट्र्म्पसित भेट गरे। यसपूर्व अम्बानीलाई ट्रम्प र कतरका अमीर शेख तमीम बिन हमद अल-थानी दुवैलाई अभिवादन गरेको देखियो।

मीडिया रिपोर्ट अनुसार ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि उद्योगपति मुकेश अम्बानीसित उनको यो दोस्रो भेटघाट हो। यसपूर्व गत जनवरी महिनामा मुकेश अम्बानी र उनकी पत्नी निता अम्बानी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो शथप ग्रहण समारोहमा सामेल भएका थिए। कतरको सवरेन वेल्थ फण्ड, क्यूआईएले गत केही वर्षदेखिको रिलायन्सको कारबारमा निवेश गर्दै आइरहेको छ।

मुकेश अम्बानीको गूगल र मेटा जस्ता अमेरिकी टेक दिग्गजहरूसित पनि महत्वपूर्ण साझेदारी रहिआएको छ। यस्तो स्थितिमा यो बैठकले रिलायन्स इण्डस्ट्रीजको लागि अन्तर्राष्ट्रिय साझेदारी तथा निवेश सम्भावनाहरूलाई अझ सशक्त बनाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande