नयाँ दिल्ली, 20 मई (हि.स)। भारत औ अमेरिकाबीच प्रस्तावित ट्रेड डीलमाथि बातचितको चरण जारी छ। केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मंगलवार वाशिंगटनमा अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसित दुई देशबीच प्रस्तावित दुईपक्षीय सम्झौता (बीटीए)-को पहिलो चरणमाथि बातचितमा तीव्रता ल्याउनको लागि चर्चा गरे।
पीयूष गोयल व्यापार सम्झौताको वार्ताको प्रगतिमाथि समीक्षा गर्नका लागि मन्त्री स्तरीय बैठकको लागि अहिलेघरि वाशिंगटन पुगेका छन्। भारत-अमेरिका द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरणमा तीव्रता ल्याउने दिशामा वाणिज्य सचिव (अमेरिकी वाणिज्य मन्त्री) हावर्ड लुकनिकसित सार्थक चर्चा भयो।
मन्त्री स्तरीय बैठकपछि दुवै देशका मुख्य वार्ताकारहरूबीच आगामी 22 मईसम्म विचार-विमर्श हुनेछ। भारत-अमेरिकाबीच प्रस्तावित ट्रेड डीलको मुद्दामाथि यस्तो समयमा बैठक भइरहेको छ जतिबेला दुई देशले यसै वर्षको शरद ऋतु (सेप्टेम्बर-अक्टोबर) सम्ममा व्यापार सम्झौताको पहिलो चरणलाई अन्तिम रूप दिने सम्भावना खोजिरहेका छन्। दुी देशबीच वार्तामा चर्चा हुने मुद्दाहरूमा बजार पहुँच, उत्तपत्तिको नियम तथा गैर-शुल्क बाधाहरू पनि सामेल छन्।
केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल व्यापार वार्तामाथि चर्चा गर्नका लागि गत मार्च महिनामा पनि वाशिंगटन गएका थिए। भारत औ अमेरिकाका अधिकारीहरूको लक्ष्य व्यापार वार्तालाई अघि बढ़ाउनकोलागि 90 दिवसीय शुल्क विराम अवधिको लाभ उठाउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा