गुवाहाटी, 31 मई (हि.स.)। भारत-पाकिस्तानमाझ युद्ध जस्तो माहोलबीच सोशल मीडियामा भ़ड़काऊ पोस्ट हालेको आरोपमा असम पुलिसले कठोर कारबाही गरेको छ। यस क्रममा पाकिस्तान समर्थकहरूमाथि कारबाही गर्दै पुलिसले राज्यका अलग-अलग हिस्साहरूबाट कूल 79 जनालाई पक्राउ गरी थुनामा पारेको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियामा एक पोस्ट साझा गर्दै भनेका छन्, शत्रु देशप्रति सहानुभूति राख्ने र समर्थन गर्ने जस्ता राजद्रोहीहरू विरूद्ध असम पुलिसको अभियान जारी छ।
यस क्रममा दरंग पुलिसले जिल्ला मुख्यालय शहर मगंलदोईबाट फरीजुल हकलाई पक्राउ गरेको छ। पुलिसले आरोपीसित सोधपुछ गरिरहेको छ। यस मामिलामा अहिलेसम्म पुलिसले कूल 79 जनालाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी