कोलकाता, 31 मई (हि.स.)। पश्चिम बंगाल भारतीय जनता पार्टी (भाजपा) को एक प्रतिनिधिमण्डल छिट्टै बांग्लादेश जानेछ। यो दौड़ाह त्यस घटनाको सन्दर्भमा गरिँदैछ, जसमा बांग्लादेशको यशोर जिल्लाको एउटा गाउँमा हिन्दू मतुआ समुदायमाथि कथित रूपमा हमला, लूटपाट र आगलागी गरियो। यस संवेदनशील स्थितिको जायजा लिन र पीड़ितहरूको स्थिति बुझ्न भाजपाले यो निर्णय लिएको हो।
भाजपा नेता एवं पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले शुक्रवार साझँ कोलकातामा संवाददाताहरूलाई बताए, पार्टीको तर्फबाट एक प्रतिनिधिमण्डल बांग्लादेशको डहमर्सियाहाटी गाउँमा अल्पसंख्यक हिन्दू मतुआ समुदायमाथि हमलाहरूको छानबीनको निम्ति घटनास्थलमा गएर स्थितिको प्रत्यक्ष अवलोकन गर्नेछ। यस प्रतिनिधिमण्डलको नेतृत्व बनगाउँ दक्षिण विधानसभा क्षेत्रबाट भाजपा विधायक स्वप्न मजूमदारले गर्नेछन्। प्रतिनिधिमण्डल पेट्रापोल-बेनापोल सीमा हुँदै स्थल मार्ग मार्फत बांग्लादेश पस्नेछ र यशोर जिल्लाका प्रभावित क्षेत्रहरूमा गएर स्थानीय मानिसहरूसित कुराकानी गर्नेछ। जमीनी स्थितिको जायजा लिएर प्रतिनिधिमण्डलले पूरा स्थितिको रिपोर्ट पार्टी र सम्बन्धी संस्थाहरूलाई दिनेछ।
शुभेन्दु अधिकारीले जानकारी दिएका छन्, भाजपाको तर्फबाट कोलकाता स्थित बांग्लादेश डिप्टी हाई कमीशनमा गएर एक पत्र पनि सुम्पिएको छ। कमीशनले विश्वास दिलाएको छ कि प्रतिनिधिमण्डलले भीसा पाउनमा कुनै कठिनाई हुनेछैन र प्रक्रियालाई प्राथमिकताको आधारमा पूरा गरिनेछ।
शुभेन्दुले दाबी गरेका छन्, बांग्लादेश सरकारको तर्फबाट पीड़ित परिवारहरूलाई अहिलेसम्म 6000 टाका नगदी सहायता, 30 किलो चामल र दुई बन्डल टिन वितरित गरिएको छ। साथै सात जनालाई पक्राउ पनि गरिएको छ, जसलाई यस हमलामा संलिप्त पाइएको थियो।
उल्लेख्य, यो हमला त्यस समय भयो जब एक स्थानीय बीएनपी नेताको हत्यापछि क्षेत्रमा तनाउ फैलियो। यस अवधि डहमर्सियाहाटी गाउँमा बस्ने मतुआ समुदायका धेरै घरहरूमाथि हमला गरियो। भाजपा अनुसार, यस हमलामा कम्तीमा 18 घर क्षतिग्रस्त भयो र धेरै परिवारलाई भारी क्षति पुग्यो। भाजपा प्रतिनिधिमण्डलको उद्देश्य यस दौड़ाहको माध्यमले न केवल घटनास्थलको निरीक्षण गर्नु हो तर स्थानीय प्रशासन, सामाजिक संगठनहरू र पीड़ित परिवारहरूसित संवाद स्थापित गरी सत्यसित अवगत हुनु पनि हो।
हिन्दुस्थान समाचार / भवानी थामी