भोपाल, 31 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार देवी अहिल्याबाई होल्करको 300औं जयन्तीमा भोपालको जम्बूरी मैदानमा आयोजित महिला सशक्तीकरण महा सम्मेलनमा सामेल भए। उनले कार्यक्रममा इन्दौर मेट्रो र सतना एवं दतिया एयरपोर्टको लोकार्पण गरे। प्रधानमन्त्री मोदीले देवी अहिल्याबाईको 300औं जयन्तीको अवसरमा उनको यादमा देशको पहिलो 300 रूपियाँको स्मारक सिक्का जारी गरे। 35 ग्राम ओजनको यस सिक्कामा चांदीको मात्रा 50 प्रतिशत छ। यसमा एक तर्फ अहिल्याबाईको फोटो छ। यो देश-विश्वमा जारी भएको यस्तो पहिलो सिक्का हो, जसको मूल्य 300 रूपियाँ छ। यस अवसरमा प्रधानमन्त्रीले भने, लोकमाता देवी अहिल्याबाई होल्करको नाम सुनेर नै मनमा श्रद्धाको भाव आउँछ। उनको महान व्यक्तित्वबारे बोल्नका लागि शब्द नै कम हुन्छ।
प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधित गर्दै मातृशक्तिलाई प्रणाम गरे। उनले भने, आजको कार्यक्रमले देवी अहिल्याबाईको सोचलाई अगाड़ी बढ़ाउँदछ। आज इन्दौरमा मेट्रो र सतना-दतियामा एय़रपोर्टको शुरूआत भएको छ। यी सबै प्रोजेक्टले मप्रमा सुविधाहरू बढ़ाउनेछ, विकासलाई गति प्रदान गर्नेछ र रोजगारको नयाँ अवसर बनाउनेछ। यस पवित्र दिवसमा विकासका यी सारा कामहरूका लागि पूरा प्रदेशलाई धेरै-धेरै बधाई। लोकमाता देवी अहिल्याबाई होल्करको नाम सुनेर नै मनमा श्रद्धाको भाव आउँछ। उनले प्रभु सेवा र जन सेवा, यसलाई कहिले अलग ठानिनन्। भनिन्छ, उनले सदैव आफूसित शिवलिंग लिएर हिँड्नेगर्थिन्। त्यस चुनौतीपूर्ण कालखण्डमा एक राज्यको नेतृत्व, कसैले कल्पना गर्नसक्दैन, तर लोकमाताले आफ्नो राज्यलाई नयाँ दिशा दिइन्। उनले गरीबभन्दा गरीबलाई समर्थ बनाउने काम गरिन्।
प्रधानमन्त्रीले भने, ढाई-तीन सय साल अगाड़ी जब देश दास्तवको सांग्लोमा बाँधिएको थियो, त्यस समय यस्तो महान कार्य गर्नु, जसको भावी पीढ़ीले चर्चा गरोस्, यो भन्नु सजिलो छ तर गर्नु सजिलो थिएन। देवी अहिल्याबाई भारतको विरासतको धेरै ठूलो संरक्षक थिइन्। जब देशको संस्कृतिमाथि, हाम्रो मन्दिरहरू, हाम्रो तीर्थ स्थलहरूमाथि हमला भइऱहेको थियो तब लोकमाताले त्यसलाई संरक्षित गर्ने जिम्मा उठाइन्। उनले काशी विश्वनाथ सहित पूरा देशमा हाम्रा अनेक मन्दिरहरूको, हाम्रा तीर्थहरूको पुनर्निर्माण गरिन्। मेरो सौभाग्य हो, जुन काशीमा लोकमाताले विकासको यति काम गरिन्, त्यस काशीले मलाई पनि सेवाको अवसर दियो। यदि आज तपाई काशी विश्वनाथ महादेवको दर्शन गर्न गए, त्यहाँ तपाईले देवी अहिल्या बाईको मूर्ति पनि देख्नेछन्।
प्रधानमन्त्रीले भने, महिलाहरूको पनि सम्पत्तिमा अधिकार होस्, जसको पतिको असमय मृत्यु भयो, उसले फेरि विवाह गर्नसकोस्। त्यस कालखण्डमा यी कुरा गर्नु पनि धेरै कठिन लागथ्यो तर देवी अहिल्याबाईले यी समाज सुधारहरूलाई पूर्ण समर्थन दिइन्। उनले मालवाको सेनामा महिलाहरूको एक विशेष टुक्री पनि बनाएकी थिइन्। यो पश्चिमको समाजलाई थाहा छैन। हामीलाई ना-ना थरि भनिरहन्छन्। हाम्रा आमा-बहिनीगरूको अधिकारहरूको नाममा हामीलाई तुच्छ देखाउने प्रय़ास गर्छन्। देवी अहिल्याबाई राष्ट्र निर्माणमा हाम्रो नारी शक्तिको अमूल्य योगदानको प्रतीक हुन्। म उनलाई प्रणाम गर्छु।
हिन्दुस्थान समाचार / भवानी थामी