हेट स्पीच मामिलामा अब्बास अन्सारीलाई दुई वर्षको सजाय
हेट स्पीच मामिलामा अब्बास अन्सारीलाई दुई वर्षको सजाय


मऊ, 31 मई (हि.स.)। जेलमा बन्द माफिया मुख्तार अन्सारीको छोरा र सदर विधायक अब्बास अन्सारीलाई हेट स्पीच मामिलामा एमपी-एमएलए कोर्टले दोषी ठहर गरेको छ। कोर्टले अब्बासलाई दुई वर्षको सजाय सुनाएको छ। कोर्टले मन्सूर अन्सारीलाई छह महिनाको सजाय र एक हजार रूपियाँको जरिमाना लगाएको छ।

अब्बासलाई सजाय भएपछि उनका समर्थकहरूले कुनै हंगामा नगरोस् यसको निम्ति कोर्ट परिसरमा सुरक्षा बढ़ाइएको छ। कोर्टको यो फसेलाले अब्बासको राजनीतिक करियरलाई प्रभावित गर्नसक्छ। दुई सालको सजाय हुँदा उनको विधानसभाको सदस्यता रद्द हुनसक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande