डिबगोईमा लाखौं रुपियाँको सुनको गहना सहित चार जना चोर समातिए
डिबगोईमा लाखौं रुपियाँको सुनको गहना सहित चार जना चोर समातिए


तिनसुकिया (असम), 12 जून (हि.स.)। लाखौं रुपियाँको सुनको गहना सहित चार जना चोरहरूलाई पक्राउ गर्न डिबगोई पुलिस सफल भएको छ। चोरीको सुनको गहना खरिद गर्ने एक जना सुनारलाई पनि पुलिसले समातेको छ।

डिगबोई पुलिसले आज बताएको छ, गए राति गुप्त सूचनाको आधारमा चारैजना चोरहरूलाई पक्राउ गरियो। यी चोरहरूको पहिचान तपन दास, हीरक ज्योति फुकन, रुस्तम हुसैन औ पिन्टु अलीको रूपमा गरिएको छ भने सुनारको पहिचान तीन सुकियाको अरुण देवको रूपमा गरिएको छ। गत 26 मईमा सुभम दुअरा नामक व्यक्तिको घरबाट लाखौं रुपियाँको सुनका आभूषणहरू चोरी भएको थियो। पुलिसले पक्रा पर्ने चोरहरूलाई गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande