उपचारमा लापरवाहीको कारण महिलाको मृत्यु भएको आरोप, नर्सिंग होममा बबाल
उपचारमा लापरवाहीको कारण महिलाको मृत्यु भएको आरोप, नर्सिंग होममा बबाल


कोलकाता, 12 जून (हि.स.) । हावड़ाको बांकरा क्षेत्रमा अवस्थित एउटा नर्सिंग होममा गए बुधवार अबेर राति त्यसबेला तनाउ फैलियो जतिबेला उपचाराधिन 32 वर्षीय एकजना महिलाको मृत्यु भयो। मृतकाका आफन्तहरूले चिकित्सकीय लापरवाहीको आरोप लगाउँदै तोड़फोड़ गरे।

मृतकाको पहिचान टीना बेगमको रूपमा भएको छ जो हावड़ाको बांकरा मुन्शीडांगा शेखपाड़ाकी थिइन् भने ससुराली हुगलीको डानकुनीमा छ। परिवार अनुसार टीनलाई गए बुधवार राति लगभग 10 बजी भुँड़ी दुःखेको कारण नर्सिंग होममा भर्ती गरिएको थियो। उपचारको क्रममा डाक्टरले पीड़ा कम हुने इन्जेक्शन दिए जसपश्चात उनको अवस्था झन् बिग्रियो अनि राति लगभग 12 बजी उनको मृत्यु भयो।

मृत्युको खबर फैलिनसाथ क्षेत्रमा आक्रोश व्याप्त भयो। ठूलो संख्यामा स्थानय मानिसहरू नर्सिंग होम बाहिर भेला भए अनि कथित रूपमा भित्र पसेर तोड़फोड़ गर्न शुरू गरे। आरोप छ, अस्पतालका फर्निचर, मेडिकल उपकरण, सीसीटीभी क्यामरा समेत भत्काइदियो।

घटनाको सूचना पाए लगत्तै बांकरा फाड़ीको पुलिस अनि ऱ्यापिड एक्शन फोर्सले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले मामिलाको जाँचकार्य शुरू गरेको छ।

स्थानीय मानिसहरूको भनाइ छ, यो पहिलो मामिला होइन। यसअघि पनि यसै नर्सिंग होममा उपचारमा लापरवाही गरेको कारण धेरै जना रोगीहरूको मृत्यु भइसकेको छ। प्रत्यक्षदर्शीहरू अनुसार तोड़फोड़ भइरहँदा अस्पतालका डाक्टर अनि अन्य मेडिकल स्टाफ घटनास्थलबाट भागे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande