श्रीभूमि (असम), 12 जून (हि.स.)। श्रीभूमि जिल्ला सदर पुलिसले भारी मात्रामा प्रतिबन्धित याबा ट्याबलेट जफत गर्नमा सफलता हासिल गरेको छ। साथै एक जना ड्रग्स तस्करलाई पनि पुलिसले पक्राउ गरेको छ। पुलिसले आज बताएको छ, गए अबेर राति एक गुप्त सूचनाको आधारमा डीएसपी मानस प्रतिम चौधुरीको नेतृत्वमा पुलिसको टीमले कालिगञ्ज सड़कको तेलिखाल क्षेत्रबाट 30 हजार याबा ट्याबलेट जफत गऱ्यो।
पुलिस अनुसार यस प्रतिबन्धित याबा ट्याबलेटको बजार मूल्य लगभग 5 करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। उक्त ड्रग्सलाई कालिगञ्जदेखि श्रीभूमि तर्फ एक इग्निस वाहन (एमएल-05डब्ल्यू-6324)- को गुप्त च्याम्बरमा लुकाएर आपूर्ति गरिँदैथ्यो। बीच बाटोमै पुलिसले वाहनलाई रोकेर जाँच गऱ्यो जसमा उक्त प्रतिबन्धित ड्रग्सलाई जफत गरियो।
प्राप्त जानकारी अनुसार ड्रग्स तस्करी गर्ने आलम मूलरूपमा श्रीभूमि जिल्लाको कशिनशाइल निवासी रहेको बताइएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी आरोपीसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा