आइजोल, 02 जून (हि.स.)। मणिपुरको चुराचाँदपुर जिल्लामा आज भोर बिहान मध्यम तीव्रताको भूकम्पको झट्का महसूस गरियो। भनिन्छ राती 02 बजेर 55 मिनट 39 सेकेण्डमा भूकम्पको झट्का महसूस गरियो। रिक्टर स्केलमा यसको तीव्रता 3.5 मापन गरिएको छ। भूकम्पको कारणले कहीँ-कतै कुनै पनि प्रकारको क्षय-क्षति भएको समाचार प्राप्त भएको छैन।
भारतीय सिस्मोलजी केन्द्र अनुसार भूकम्पको केन्द्र भारत अनि म्यान्मारको सीमावर्ती चुराचाँदपुर जिल्लामा जमीनभित्र 15 किलोमीटर मुनि अवस्थित थियो। भूकम्पको एपीक सेन्टर 24.08 उत्तरी अक्षांश तथा 93.61 पूर्वी देशान्त्तरमा थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा