सिलगढ़ी, 02 जून (हि. स.)। विश्व हिन्दू परिषद (वीएचपी)- द्वारा डाकिएको 24 घण्टाव्यापी बन्दको व्यापक प्रभाव शहरभरि नै देख्न पाइँदैछ। बन्दलाई सफल बनाउनको लागि सोमवार बिहानदेखिकै वीएचपीका कार्यकर्ता एवं समर्थकहरू सड़कमा उत्रेका छन्। बिहानदेखिकै सड़कहरूमा वाहन नाम मात्रको देखिँदैछ। सिलगढ़ीको हाशमी चौक, हिलकार्ट रोड, जंक्शन आदि सम्पूर्ण क्षेत्र बन्द छ। स्थितिलाई सामान्य बनाउनको लागि पुलिस प्रशासन पनि सड़कमा तैनाथ छ।
उल्लेखनीय छ, बितेका तीन दिनपूर्व एक समुदायद्वारा माटिगाड़ास्थित एक घरमा तोड़फोड़ गरिएको थियो। यस अवधि घरमा उपस्थित महिलाहरूमाथि पनि कुटपिट गरिएको थियो। यसैको विरोधमा विश्व हिन्दू परिषदले 24 घण्टाव्यापी सिलगढ़ी बन्द डाकेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा