नाबालिकसित दुष्कर्मको आरोपमा दर्जीलाई समातियो
नाबालिकसित दुष्कर्मको आरोपमा दर्जीलाई समातियो


बाँकुड़ा, 2 जून (हि.स.)। बाँकुड़ा जिल्लाको छातना थानाको पुलिसले एकजना सात वर्षीय नाबालिकसित दुष्कर्म गरेको आरोपमा गए आइतवार राती एकजना दर्जीलाई पक्राउ गरेको छ। नाबालिकको परिवारले आरोपीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेको छ।

स्थानीय सूत्र अनुसार गए आइतवार छुट्टीको दिन नाबालिकको परिवारका सदस्यहरू खाना खाएर घरमा सुतिरहेका थिए। नाबालिक गुड़ियाको लागि कपड़ाको खोजीमा छिमेकमै रहेको दर्जीको पसलमा गएकी थिई। आरोप छ, 57 वर्षीय शेख अहिया नामक दर्जीले नाबालिकलाई कपड़ाको टुक्रा देखाेर आफ्नो पसलमा लिएर गयो। त्यसपछि शटर झारेर नाबालिकसित कथित रूपमा दुष्कर्म गऱ्यो।

पछि मामिला प्रकाशमा आउनसाथ पीड़िताको परिवारले छातना थानामा पुगेर शेख आहियाविरूद्ध लिखित सिकायत दर्ता गरायो। सिकायतको आधारमा पुलिसले कारबाही शुरू गर्दै गए आइतवार राती नै आरोपीलाई पक्राउ गऱ्यो। छातना पुलिसले आरोपीविरूद्ध भारतीय न्याय संहिताको धारा 65(2) तथा पोक्सो एक्टको धारा 4/6 अन्तर्गत मामिला दर्ता गरी सोमवार बाँकुड़ा जिल्ला अदालतमा पेश गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande