(अपडेट) उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता
उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर दुई जवानसहित तीनको मृत्यु, 6 जना बेपत्ता


गान्तोक, 02 जून (हि.स.)। उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। आइतवार परेको भारी वर्षाका कारण छातेनस्थित भारतीय सेनाको छाउनी पैह्रोको चपेटमा पऱ्यो, जसको चपेटमा परेर तीन जनाको निधन भयो। यस घटनामा चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।

भारतीय सेनाद्वारा जारी बयान अनुसार, 01 जून, 2025 सॉंझ लगभग 7 बजी भारी वर्षाका कारण उत्तर सिक्किमको लाचेनस्थित छातेन सैन्य शिविर पैह्रोको चपेटमा पऱ्यो। भारतीय सेनाले प्रतिकूल परिस्थितिमा अतुलनीय प्रतिबद्धता र लचिलोपन प्रदर्शन गर्दै तुरुन्तै उद्धार कार्य शुरु गर्‍यो।

घटना स्थलबाट चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई सामान्य चोटपटक लागेको सेनाले बताएको छ। यसैगरी, घटनास्थलबाट तीन जनाको शव बरामद गरिएको छ। मृतकहरूको पहिचान हवल्दार लखविन्दर सिंह, लान्स नायक मुनिष ठाकुर र पोर्टर अभिषेक लखडाको रूपमा भएको छ।

घटना स्थलमा थप 6 जना बेपत्ता बनेका छन्। उद्धार टोलीहरू अत्यन्तै चुनौतीपूर्ण भूभाग र प्रतिकूल मौसममा बेपत्ता बनेका कर्मचारीहरूको खोज एवं उद्धार कार्यका जुटेको बताएको छ।

भारतीय सेनाले यस दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाएका बहादुर जवानहरूका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। यसैगरी, शोकको यस घडीमा शोकसन्तप्त परिवारहरूलाई आवश्यक सहयोग प्रदान गर्न भारतीय सेनाद्वारा हरसम्भव प्रयास भइरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande