राती सुनसान सड़कमा स्कुटी सिक्नु नोक्सानदायी भयो, राजारहाटमा युवतीको मृत्यु
राती सुनसान सड़कमा स्कुटी सिक्नु नोक्सानदायी भयो, राजारहाटमा युवतीको मृत्यु


कोलकाता, 2 जून (हि.स.)। राती खाली सड़कमा प्रेमीसित स्कुटी चलाउनु सिक्नु एकजना किशोरीको नाम्ति ज्यानमारा साबित भयो। दुर्घटनामा युवतीको मृत्यु भयो। यो दुःखदायी घटना आइतवार अबेर राती राजारहाट न्यू टाउन क्षेत्रमा भएको हो। मृतकाको पहिचान विधान नगर नगरपालिकाको वार्ड नम्बर-5 स्थित दशड्रोन क्षेत्रकी पूजा साहा (18)-को रूपमा भएको छ। पूजाले भर्खरै उच्च माध्यमिक परीक्षा उतीर्ण गरेकी थिइन्। दुर्घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।

परिवारले बताए अनुसार पूजाले केही दिनदेखिको स्कुटी सिक्ने जिद गरिरहेकी थिइन्। गए आइतवार राती उसका प्रेमी शुभंकर भौमिकले उसलाई स्कुटी सिकाउनको लागि राजारहाटको सुनसान सड़कमा लिएर गएका थिए। यस अवधि दुवले हेलमेट लगाएका थिएनन्। भनिन्छ, पूजा आफैले स्कुटी लचाइरहेकी थिइन् भने शुभंकर पछि बसेका थिए।

यिनीहरू माझेरआइटी रोड भएर गुज्रिरहेको समय पूजाले स्कुटीबाट नियन्त्रण गुमाइन् अनि दुवै सड़कमा लड़े। घटनामा पूजाको टाउकोमा गम्भीर चोट लाग्यो। परिवारलाई सूचित गरेपछि उसलाई तुरून्त एक निजी अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर दुर्घटनाको जाँच शुरू गरेको छ। प्राथमिक जाँचमा थाहा लागे अनुसार स्कुटीको गति अचानक बढ़ेको थियो जसले गर्दा पूजाले सन्तुलन गुमाइन्। सीसीटीभी फुटेजको जाँच गर्दा पूजा चिप्लिएको पुष्टि भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande