फेरि बेलगाम भए तृणमूल विधायक हुमायुँ कबीर, पुलिसलाई दिए धम्की
फेरि बेलगाम भए तृणमूल विधायक हुमायुँ कबीर, पुलिसलाई दिए धम्की


कोलकाता, 2 जून (हि.स.) । विवादित बयानहरूको कारणले चर्चामा आइरहने मुर्शिदाबादको भरतपुरबाट तृणमूल कंग्रेसका विधायक हुमायुँ कबीर फेरि एकपटक विवादित बयानलाई लिएर चर्चामा छन्। उनको एउटा भीडियो भाइरल भएको छ जसमा उनले पुलिसलाई ठिक बनाउने धम्की दिरहेका छन्। भीडियो गए आइतवारको हो। उनले भनेका छन्, यदि उनी विपक्षमा भएका भए 24 घण्टाभित्रमा पुलिसको ‘कृत्य’- को जवाफ दिनेथिए। उनको यस बयानलाई लिएर राजनीतिक जगतमा ठूलो बहस शुरू भएको छ।

हुमायुँ कबीरले आरोप लगाए, लालगोला, बड़्रज्ञा, शामशेरगञ्ज औ भरतपुर थाना क्षेत्रमा आम नागरिकहरूलाई पुलिसको गतिविधिको कारणले समस्याहरूको सामना गर्न परिरहेको छ। उनले भने, “यदि विपक्षमा भएको भए सोझो बनाउन 24 घण्टा पनि लाग्दैनथ्यो। तर अहिले सरकारमा भएको कारणले मेरो हात-खुट्टा बाँधिएको छ।”

उक्त बयानपछि विपक्षले आरोप लगाएको छ, तृणमूल नेताले सत्ताको प्रभावमा रहेर खुल्ला धम्की दिरहेका छन्। केही नेताहरूले यो प्रश्न पनि उठान गरेका छन्, यदि एकजना विधायकले मञ्चबाट यस्तो कुरा गर्न सक्छन् भने कानून व्यवस्थाको स्थिति कस्तो हुन्छ?

यो सम्पूर्ण मामिला त्यसबेला सामु आएको छ जतिबेला तृणमूल नेता तथा बीरभूमका पूर्व जिल्ला अध्यक्ष अणुव्रत मण्डलले पहिलाबाटै पुलिसलाई गाली गरेको आरोपमा घेरिएका छन्। हालैमा बोलपुर थानाका एकजना आईसीमाथि उनले गरेको अपमानजनक टिप्पणीको अडियो क्लिप भाइरल भएको थियो। पार्टीले उनलाई 38 मिनटभित्रै माफी माग्न बाध्य बनाएको थियो। तथापि मण्डल पुलिसको जाँचबुझदेखि दुई दिनसम्म बचिरहे भने अहिले उनका वकिलले उनलाई ‘बिमार’ बताइरहेका छन्।

अब हुमायुँ कबीरको यस्तो बयान आएको छ। पार्टीको तर्फबाट यस बयानलाई लिएर अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। राजनीतिक गल्लीहरूमा यस कुरालाई लिएर व्यापक चर्चा भइरहेको छ कि के तृणमूल नेतृत्वले अणुव्रतपछि हुमायुँमाथि पनि कुन कारबाही गर्लान्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande