अम्बुबासीपछि मुख्यमन्त्री सरमाले सपरिवार लिए माँ कामाख्याको आशीर्वाद
अम्बुबासीपछि मुख्यमन्त्री सरमाले सपरिवार लिए माँ कामाख्याको आशीर्वाद


गुवाहाटी, 28 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अम्बुबासी मेलाको समाप्ति उपरान्त शनिवार माँ कामाख्या देवीको दर्शन गरे। यस अवसरमा उनीसित उनकी पत्नी रिनिकी भुइयाँ सर्मा अनि दुवै सन्तान उपस्थित थिए। यस अवधि मुख्यमन्त्री र उनको परिवारले सौभाग्य कुण्डमा जल अर्पण गरे अनि मन्दिरको परिक्रमा पूरा गरे।

मुख्यमन्त्रीले सोशल मीडियामा भावनात्मक पोस्ट गर्दै लेखे, अम्बुबासीको सेवानिवृत्तिपछि पत्नी रिनिकी र हाम्रा तनय-तनयासित शक्तिपीठ देवी माँको दर्शन गरेर मन प्रसन्न भयो। माँको आशीर्वाद सबै मानिसहरूमा सदा कायम रहोस्, यही कामना गर्दछु। जय माँ कामाख्या।

मुख्यमन्त्री सरमाले अर्को पोस्टमा लेखे, अम्बुबाची निवृत्ति पश्चात माँ कामाख्याको दर्शन गरेर हामीले स्वयंलाई धन्य महसूस गऱ्यौं। पत्नी, पुत्र र पुत्रीसित मिलेर माँसित सबैमाथि कृपा राख्ने प्रार्थना गरेँ।

उल्लेखनीय छ, चार दिनसम्म चल्ने अम्बुबाची मेला गत 26 जूनको दिन मन्दिरको कपाट खोलिएपछि समाप्त भयो। यो मेला हरेक वर्ष जून महिनामा आयोजना गरिन्छ। यस्तो मान्यता छ, यस अवधिमा देवी कामाख्याको रजस्वला हुन्छ, त्यसैले मन्दिरको कपाटलाई चार दिनसम्मको लागि बन्द गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande