सिलगढ़ी, 28 जून (हि.स)। कोलकाताको कस्बा ल कलेजमा छात्रासित भएको सामूहिक बलात्कारको विरोधमा भारतीय जनता पार्टी (भाजपा)- ले बागडोगरा थानाको घेराउ गरी प्रदर्शन गऱ्यो। पीड़िताको लागि तत्काल कारवाही अनि न्यायको माग गर्दै शनिवार लोअर बागडोगरा गोसाइपुर मण्डल भाजपा महिला मोर्चाको नेतृत्वमा एक विशाल ऱ्याली निकालियो। ऱ्यालीले विभन्न सड़कहरूको परिक्रमा गरेपछि बागडोगरा थानामा पुगेर थाना घेराउ अनि प्रदर्शन गरियो।
लोअर बागडोगरा गोसाइपुर मण्डल भाजपा महिला मोर्चाकी अध्यक्ष ज्योत्सना बर्मनले भनिन्, कोलकाताको ल कलेजमा छात्रासित सामूहिक बलात्कारका आरोपीहरूले यस्तो घृणित कृत्य गर्ने दुस्साहस गरे, किनभने आरोपीहरू सत्ताधारी पार्टी तृणमूल कंग्रेसको छत्रछायामा छन्। तथापि आरोपीहरूलाई पक्राउ गरिसकिएको छ, तर त्यो देखाउनको लागि मात्र हो। आरोपीहरूलाई कुनै सजाय दिइनेछैन। त्यसैले पीड़िताको लागि तत्काल कारबाही अनि न्यायको मागमा यो प्रदर्शन गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा