प्रेमिकाको हत्यापछि प्रेमीले गऱ्यो आत्महत्या
प्रेमिकाको हत्यापछि प्रेमीले गऱ्यो आत्महत्या


लोहरदगा, 28 जून (हि.स.)। पेशरार प्रखण्डको दुंदरुमा हृदयविदारक घटना घटेको शनिवार प्रकाशमा आएको छ। यहाँ प्रेमीले प्रेमिकाको चक्कु रोपेर हत्या गरेपछि घटनाको भीडियो बनाएर इन्स्टाग्राम र फेसबुकमा अपलोड गऱ्यो। त्यसपछि ग्रामीणहरू पुग्न अगावै उसले जंगलमा फाँसी लगाएर आत्महत्या गऱ्यो। युवकको पहिचान दुंदरु निवासी जंगल उराँवको छोरा जयनाथ उराँव (17) र युवतीको पहिचान सोही गाउँका रामदयाल उराँवकी छोरी मालती कुमारी(14)- को रूपमा भएको छ।

जानकारी अनुसार दुवै नाबालिक युवक-युवतीबीच लामो समयदेखिकै प्रेम प्रसंग चल्दै आएको थियो। गए शुक्रवार दुवै नै आफ्ना साथीहरूसित पेशरार प्रखण्डको डाडु रथ मेला घुम्न गएका थिए। फर्किने क्रममा युवकले चक्कुले प्रहार गरी युवतीको हत्या गरिदियो। यस अवधि युवतीसित रहेका 8-10 जना साथीहरूले केही बुझ्नअघि नै युवकले युवतीको गलामा कैयौं पटक प्रहार गरेर त्यसको भीडियो पनि बनाइसकेको थियो। युवकका सहयोगीहरूले अन्य युवतीहरूलाई पनि प्रहार गर्ने प्रयास गरे जसमा तिनीहरू असफल भए।यस अवधि केही मानिसहरूलाई सामान्य चोट लागेको छ। युवकसित दुईजना युवकहरू थिए। युवतीको मृत्यपछि ग्रामीणहरूले युवकलाई समात्ने प्रयास गरे, तर भागेर जंगलतिर गएको युवकले पनि पछि आत्महत्या गऱ्यो।

ग्रामीणहरूले बताए, आत्महत्या नगरूञ्जेलसम्मै युवकले भीडियो बनाइरह्यो। आत्महत्या गर्नपूर्व मोबाइल बन्द गरेर युवकले आत्महत्या गऱ्यो। सूचना पाएर घटनास्थलमा पुगेको सेरेंदाग पुलिसले जाँच शुरू गर्दै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। मामिलाको गहन जाँच भइरहेको थाना प्रभारीले बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande