जलपाइगढीमा पत्नीको हत्या गरी पतिले गऱ्यो आत्महत्या
जलपाइगढीमा पत्नीको हत्या गरी पतिले गऱ्यो आत्महत्या


सिलगढ़ी, 28 जून (हि.स)। जिल्लामा एउटै घरभित्र पति-पत्नीको शव भेटियो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। शनिवार वार्ड नम्बर-14 को डांगापाड़ास्थित एउटा घरबाट पती-पत्नीको शव उद्धार गरिएको छ। मृतकहरूमा नन्दिनी राउत (30) र सनी राउत (35) सामेल छन्। आरोप छ, पतिले पत्नीको हत्या गरेपछि आत्महत्या गरेको हो।

स्थानीय सूत्र अनुसार सनी राउत जलपाइगढी शहरको वार्ड नम्बर- 12 स्थित हरिजन पल्लीमा बस्थे र पत्नीसित भेट्नको लागि प्रायजसो नै डांगापाड़ास्थित ससुरालीमा आउने-जाने गर्दथे। गए शुक्रवार राती पनि तिनी डांगापाड़ास्थित आफ्नो ससुरालीमा आएका थिए। घरमा दुवै आफ्ना नानीहरूसित थिए भने नन्दिनीकी आमा सिलगढ़ी गएकी थिइन्।

शनिवार बिहान सिलगढ़ीबाट आएकी नन्दिनीकी आमा घरभित्र पस्दा छक्क परिन्। तिनको चित्कार सुनेर स्थानीय मानिसहरू तिनको घरमा गए। घरभित्र हेर्दा उनीहरूले सनी राउतलाई पंखामा झुण्डिरहेको र नन्दिनीलाई पलंगमा मृत अवस्थामा देखे। सको सूचना कतवाली थानामा दिइयो। त्यसपछि पुलिसले घटनास्थलमा पुगेर दुवै शवलाई कब्जामा लिई पोस्टमर्टम गर्न पठाइदियो।

छिमेकीहरूको आरोप छ, पति-पत्नीबीच प्रायजसो नै झगड़ा, कुटाकुट भइरहन्थ्यो। प्रारम्भिक अनुमानमा आपस्तको विवादको कारमले पतिनले पत्नीको हत्या गऱ्यो अनि आफूले आत्महत्या गऱ्यो। जलपाइगढीका अतिरिक्त पुलिस अधीक्षक शौभनिक मुखर्जीले बताए, दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। रिपोर्ट आएपछि मृत्युको असली कारण पत्तो लाग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande