बजरंगबली मन्दिरको भित्ता भत्कियो, मेयर-डिप्टी मेयरले लिए जायजा
बजरंगबली मन्दिरको भित्ता भत्कियो, मेयर-डिप्टी मेयरले लिए जायजा


सिलगढ़ी, 28 जून (हि.स)। एसएफ रोडस्थित बजरंगबली मन्दिरको भित्ताको एक भाग भत्किएको छ जसलाई लिएर हिन्दू संगठनहरूमा आक्रोश व्याप्त भएको छ। हिन्दू संगठनहरूले मन्दिरको भित्ता भत्किएकोमा सिलगढ़ी नगरनिगमको सड़क विस्तारीकरणको काम जिम्मेवार रहेको बताएका छन्।

अर्कोतिर घटनाको सूचना पाएर शनिवार सिलगढ़ीका मेयर गौतम देव, डिप्यी मेयर रञ्जन सरकार सहित स्थानीय नेताहरू घटनास्थलमा पुगे। मन्दिरमा पूजा अर्जना गरेपछि मेयरले पुजारी अनि स्थानीय मानिसहरूसित बातचित गरे।

यस अवधि मेयरले भने, सड़क किनारमा इतिहाससित जोड़िएको स्वतन्त्रता संग्रामको एउटा प्रतिमा स्थापना गर्ने काम भइरहेको थियो। यस अवधि मन्दिरका केही भागहरू अञ्जानमा भत्कियो। प्रशासनले चाँड़ै नै मन्दिरको पुनर्निर्माण गर्ने व्यवस्था गर्नेछ। उनले यस घटनालाई लिएर धार्मिक भावनाहरूको आधारमा राजनीति गर्नदेखि अस्वीकार गरे।

उल्लेखनीय छ, गत बिहीवार गए राती नगरनिगमद्वारा सड़क विस्तारीकरणको काम गरिएको कारणले मन्दिरको एक भाग क्षतिग्रस्त भएको थियो। त्सपछि स्थानीय हिन्दू संगठनहरूले यस घटनाको कड़ा विरोध गर्दै बबाल गरेका थिए। उनीहरूले नगरनिगमसित मन्दिरको तत्काल पुर्निर्माण गरिदिने माग गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande