झोपड़ीबस्ती भत्काएको विरोधमा आआपको प्रदर्शन, भाजपाले बतायो फ्लप
झोपड़ीबस्ती भत्काएको विरोधमा आआपको प्रदर्शन, भाजपाले बतायो फ्लप


कंग्रेसले भन्यो- गोहीको आँसु बगाइरहेको छ आआपलेनयाँ दिल्ली, 29 जून (हि.स.)। दिल्लीमा झोपड़ी बस्ती भत्काएको विरोधमा आम आदमी पार्टी (आआप)-ले आइतवार जन्तर-मन्तरमा 'घर-रोजगार बचाऔं आन्दोलन' अन्तर्गत जनसभा आयोजना गऱ्यो। यस प्रदर्शनमा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल, पूर्व मुख्यमन्त्री आतिशी, सांसद सञ्जय सिंह, दिल्ली संयोजक सौरभ भारद्वाज समेत पार्टीका अन्य वरिष्ठ नेताहरू उपस्थित थिए।

जनसभालाई सम्बोधन गर्ने क्रममा केजरीवालले भाजपामाथि तीव्र प्रहार गर्दै भने, दिल्ली विधानसभा चुनाउपूर्व मैले चेताउनी दिएको थिएँ कि यदि भाजपा सत्तामा आयो भने एक वर्षभित्रमा झोपड़ी बस्ती उजाड़िनेछ। तर यिनीहरूले 2-3 महिनाभित्रै झोपड़ीलाई बत्काइदिए अनि गरीबहरूको टाउको लुकाउने ठाउँ खोसिदिए।

केजरीवालले दाबी गरे, दिल्लीमा 40 लाखभन्दा अधिक झोपड़ीवासीहरू छन्। अब यिनीहरूले सड़कमा उत्रेर आन्दोलन गर्नेछन्। उनले चेताउनी दिँदै भने, यदि झोपड़ी भत्काउन बन्द गरेन भने सत्ताको सिंहासन भत्किनु समय लाग्नेछैन।

प्रधानमन्त्री नरेन्द्र मोदीमाथि लक्षित गर्द केजरीवालले भने, मोदीजीले वाचा गरेका थिए- 'जहाँ झोपडी, त्यहाँ घर', तर वास्तविकतामा भयो-'जहाँ झोपड़ी, त्यहाँ मैदान'। यी गरीबरूको घरलाई उजाड़ेर मैदान बनाइरहेका छन्।

केजरीवालले कंग्रेसमाथि पनि प्रहार गर्दै भने, कंग्रेसको शासनमा पनि झोपड़ीहरू भत्काइयो। पाण्डव नगरको झोपड़ी भत्काउँदा मैले र मनीष सिसोदियाले विरोध गरेका थियौं। यी पार्टीहरूले धनीहरूको लागि मात्र काम गर्दछन्, गरीबहरूको लागि होइन।

अर्कोतिर प्रदर्शनमाथि प्रतिक्रिया व्यक्त गर्दै दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले सोशल मीडियामा लेखे, आआपाको जनसभा पूर्णरूपले फ्लप रह्यो। नेताहरूको भाषा फेरि अराजक र असंवैधानिक रह्यो।

दिल्ली कंग्रेस अध्यक्ष देवेन्द्र यादवले पनि आआप र भाजपामाथि एकैसाथ लक्षित गर्दै भने, भाजपा र आआपा एउटै सिक्काका दुई पाटो हुन्। दुवैको नीति गरीब विरोधी छ। आज बस्ती उजाड़िरहेको बेला आआपले गोहीको आँशु बगाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande