सुकमा, 29 जून (हि.स.)। जिल्ला मुख्यालयस्थित कलेक्टर कार्यालय परिसरमा रहेको एटीएम बूथलाई लुट्ने प्रयास गरियो। आरोपीले बञ्चरोले एटीएमलाई भत्काएर पैसा निकाल्ने प्रयास गरिरहेको बेला पुलिस घटनास्थलमा पुग्यो। पुलिसको वाहनलाई देखेर भाग्ने प्रयास गरिरहेको आरोपी देवेन्द्र यादव, निवासी ग्राम सूर्यपाल थाना कुकानारलाई पक्राउ गरिएको छ।
पुलिसबाट प्राप्त जानकारी अनुसार कलेक्टर परिसरभित्र जिल्ला मुख्यालयको एकमात्र एटीएम पञ्जाब नेशनल ब्यांकको रहेको छ। गए अबेर राति 2 बजी बम्बेस्थित हेड क्वार्टरमा साइरन बज्यो जसपश्चात हतार-हतार जिल्लाका वरिष्ठ अधिकारीहरूलाई फोन गरियो। सूचना पाउनसाथ पुलिस सक्रिय भयो। पुलिसको वाहनलाई देखेर एटीएम भत्काइरहेको आरोपी देवेन्द्र यादवले भाग्ने प्रयास गऱ्यो, तर उसलाई पुलिसले समात्यो। यस मामिलालाई लिएर बिहान पञ्जाब नेशनल ब्यांकका कर्मचारीहरूले थानामा पुगेर एफआईआर दर्ता गराए जसपश्चात अग्रिम कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा