दुर्गापुर, 29 जून (हि.स.)। दक्षिण कोलकाताको सबैभन्दा व्यस्त मार्गहरूमध्ये एक दुर्गापुर ब्रिज जसलाई डिरोजियो ब्रिज पनि भनिन्छ,-लाई मरम्मत अनि रखरखाउ कार्यको लागि बन्द राखिनेछ। केएमडिए सूत्र अनुसार रख-रखाउ कार्यको लागि यो ब्रिजलाई शनिवार अपरान्ह 2 बजेदेखि सोमवार बिहान 6 बजेसम्म बन्द राखिनेछ। यस अवधि डिरोजियो ब्रिजमा लोड टेस्ट गरियो। विशेषज्ञहरूले यस अवधि पुलको स्थायित्व र सुरक्षासित सम्बन्धित पक्षहरूलाई ध्यानपूर्वक जाँच गर्नेछन्।
यो ब्रिजले कोलकाताको न्यू अलिपुर र चेतलालाई जोड़्छ साथै दक्षिण-पश्चिमी भागमा यातायातको एक प्रमुख श्रृंखलाको रूपमा काम गर्दछ। यसै मार्ग भएर बेहाला जस्तो घना जनसंख्या भएको क्षेत्रमा चाँड़ै पुग्न सकिन्छ। त्यसैले यस ब्रिजलाई बन्द राखियो भने वैकल्पिक मार्गमा यातायातको दबाव बढ़्छ अनि ट्राफिक जामको आशंका पनि रहन्छ। त्यसैले यातायातलाई नियन्त्रित गरिनेछ।
उल्लेखनीय छ, दुर्गापुर ब्रिजमा पहिलाबाटै मालवाहक ट्रक अनि बसहरूको आवागमनमाथि रोक लगाइएको छ। हाल यहाँ प्राइभेट वाहन, ट्याक्सी र बाइकहरूलाई मात्र चलाउने अनुमति छ। ट्रेन वा फ्लाइटमा चढ़्नेहरूको लागि वैकल्पिक मार्ग अनि अतिरिक्त समयलाई ध्यानमा राखेर यात्राको योजना बनाउने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा