कस्बाकाण्डमा कल्याण ब्यानर्जी र महुआ मोइत्राबीच चर्काचर्की
कस्बाकाण्डमा कल्याण ब्यानर्जी र महुआ मोइत्राबीच चर्काचर्की


कोलकाता, 29 जून (हि. स.)। कस्बाकाण्डलाई लिएर तृणमूल कंग्रेसका दुईजना सांसदहरू क्रमैले कल्याण ब्यानर्जी र महुआ मोइत्राबीच महिला विरोधी (मिसोजिनी) मन्तव्य व्यक्त गरेर विवाद चर्केको छ। आइतवार बिहान पार्टीका वरिष्ठ सांसद कल्याण ब्यनर्जीले यस मामिलामा अत्यन्त चर्को बयान दिएका छन्।

कसबाकाण्डमाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै कल्याण ब्यानर्जीले भने, सहपाठीले नै सहपाठिनीको बलात्कार गऱ्यो भने सुरक्षा कसले गर्छ? कल्याण ब्यानर्जीको उक्त बयानमाथि उत्तर 24 परगना जिल्ला अन्तर्गत कमरहाटीका तृणमूल विधायक मदन मित्राले पनि विवादस्पद टिप्पणी गरे।

पार्टीकी सांसद महुआ मोइत्राले उक्त बयानलाई घृणित-को संज्ञा दिएकी छन्। उनले कुनै विधायक तथा सांसदको नाम उच्चारण नगरी सोशल मीडियामा महिला विरोधी मानसिकताको बारेमा एउटा पोस्ट साझा गरिन्। उनले लेखिन्, यस मामिलामा, तृणमूल भारतका अन्य दलहरूको महिला विरोधी सोचभन्दा बाहिर छ। हामी त्यस्ता घृणित अभिव्यक्तिहरूको विरोध गर्छौं, चाहे उनीहरूले जस्तै बयान दिउन्।”

यसको जवाफमा सांसद कल्याण ब्यनर्जीले भने, म महिला विरोधी हुँ? म सबै महिलाहरूलाई सम्मान गर्दछु। तर महुआ मोइत्रासित मलाई घृणा छ। संसदको एथिक्स कमिटीद्वारा निष्कासित भएकी व्यक्तिसित मलाई घृणा छ।”

यतिमात्र नभएर श्रीरामपुरका सांसदले महुआ मोइत्राको निजी जीवनमाथि पनि कटाक्ष गरे। यहाँसम्म भने, कालीगञ्ज उपचुनाउमा महुआको ‘षड़यन्त्र’- को कारणले नै उनी त्यहाँ प्रचार गर्न जान सकेनन्। तथापि यो खबर लेखुञ्जेलसम्म महुआ मोइत्राको पक्षबाट यसमाथि कुनै प्रतिक्रिया आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande