कोलकाता, 29 जून (हि. स.)। दक्षिण कोलकाताको एक निजी कलेजकी छात्रासित भएको सामूहिक बलात्कारको घटनाले सम्पूर्ण राज्यमा राजनीतिक उथुल-पुथुल मच्चाइदिएको छ। यसै संवेदनशील परिवेशमा तृणमूल कंग्रेसले कमरहटीका विधायक मदन मित्रालाई उनको टिप्पणीलाई लिएर कारण बताऊ नोटिस जारी गरेको छ। आइतवार पार्टीका राज्य अध्यक्ष सुब्रत बक्सीले उनलाई यो नोटिस पठाए जसमा तीन दिनभित्रमा लिखित रूपमा जवाफ दिन भनिएको छ।
सूत्र अनुसार कसबाकाण्डमा मदन मित्राको टिप्पणीलाई लिएर एउटा नयाँ विवाद उत्पन्न भएको छ। उनको बयानलाई पार्टीलाई नोक्सान पुऱ्याउने किसिमको मानिएको छ। त्यसैले पार्टीले यो अनुशासनात्मक कदम उठाएको छ।
शुक्रवार पत्रकारहरूसित बातचित गर्दै कमरहाटीका विधायकले कसबाको घटनामाथि प्रतिक्रिया दिएका थिए, तर उनको बयान अत्यन्त आपत्तिजनक र असंवेदनशील मानियो। त्यसपछि सोशल मीडियामा तीव्र आलोचना शुरू भयो। सोही दिन तृणमूल कंग्रेसको पक्षबाट आधिकारिक सोशल मीडिया पोस्टको माध्यमबाट स्पष्ट पाऱ्यो, मदन मित्राको बयान पार्टीको सोचविरूद्ध छ र पूर्ण रूपले अस्वीकार्य पनि।
पार्टीद्वारा जारी कारण बताऊ नोटिसमा लेखिएको छ, तपाईको अनावश्यक, असंवेदनशील औ गैर-जिम्मेवारी टिप्पणीले पार्टीको छविलाई गहिरो नोक्सान पुऱ्याएको छ। यो पार्टीको कड़ा नीतिविरूद्ध छ। यसलाई अनुशासनहीनताको रूपमा हेरिएको छ। तपाईले तीन दिनभित्रमा आफ्नो पक्ष स्पष्ट राख्नुहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा