भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न
भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न


तीनधारे, 29 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा आज खरसाङको गिद्ध पहाडस्थित जीटीएको सचिवालयमा सम्पन्न भयो। भागोप्रमो तीनधारे महानदी समष्टिका पर्यवेक्षक सभासद प्रणाम रसाइलीको कार्यालयमा सम्पन्न सभाको अध्यक्षता भागोप्रमो खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधानले गरेको थियो।

सभामा युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति एवं घैयाबारी ग्राम पञ्चायत तीनका उप प्रधान केवल राई, महानदी ग्राम पञ्चायतका प्रधान पासाङ शेर्पा, घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान एवं भागोप्रमो तीनधारे महानदी समष्टिका उप सभापति रञ्जित थापा, युवा शक्ति तीनधारे महानदी समष्टिका सांगठनिक सचिव बिक्की पाख्रीन, पञ्चायत सदस्या बिनिता रसाईली, पञ्चायत समिति सदस्यहरु आदिले वक्तव्य राखेका थिए।

सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत समष्टिकाे अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए‌। सभामा आगामी दिनमा पार्टीको ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा आयोजना गरिने साथै बुथ स्तरीय सांगठनिक सभाहरु पनि आयोजना गरिने बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande