विवादित बयानको निम्ति असमका मुख्यमन्त्रीले मागे माफी
विवादित बयानको निम्ति असमका मुख्यमन्त्रीले मागे माफी


गुवाहाटी, 29 जून (हि.स.)। पत्रकारमाथि गरिएको कथित आपत्तिजनक टिप्पणीलाई लिएर आलोचनाहरूले घेरिएका असम सरकारका क्याबिनेट मन्त्री जयन्त मल्लबरूवाले आइतवार सार्वजनिक रूपमा माफी मागे।

यो विवाद त्यसबेला उत्पन्न भयो जतिबेला गत 27 जूनमा एक पत्रकार सम्मेलनमा मल्लबरूवाले 'सादिन-प्रतिदिन' समूहका एकजना पत्रकारलाई 'नीच वर्ग'- सित सम्बन्धित बताउँदै जवाफ मागेका थिए। यसको तुरून्तै राज्यभरि नै मीडिया संगठनहरूले यसक विरोध गर्न शुरू गरे।

मन्त्रीले आफ्नो बयानमा स्पष्टिकरण दिँदै भने, हाम्रो पत्रकारिता जगतसित पारिवारिक सम्बन्ध पुरानो हो। मेरा पिताजी एक प्रतिष्ठित समाचा पत्रमा 22 वर्षसम्म स्थानीय सम्वाददाताको रूपमा कार्यरत थिए। यसै कारले मभित्र पत्रकारहरूको लागि गगहिरो सम्मान छ जुन आज पनि छ र आगामी दिनमा पनि रहनेछ।

तथापि उनले यो पनि स्वीकार गरे, शब्दहरूको चयन सही थिएन। उनले सोशल मीडियाको माध्मबाट भने, कुनै पत्रकारलाई निच देखाउनु मेरो उदेश्य थिएन। तथापि मेरो कुराले कसैलाई ठेस पुगेको छ भने म खेद प्रकट गर्दछु।

जयन्त मल्लबरुवाले यो पनि स्पष्ट पारे, उनको असन्तुष्टि कुनै पेशाको विरोधमा होइन जबकि लक्षित प्रश्नहरूलाई लिएर थियो। उनले भने, त्यो टिप्पणी एक विशेष व्यक्तिलाई सम्बोधित भएको भए पनि यो कुरा सुनेर दुःख लाग्यो कि सम्पूर्ण पत्रकार समुदायलाई यसले ठेस पुऱ्याएको छ।

मन्त्रीले आफ्नो माफीमा भने, उनको बयानलाई सम्पूर्ण पत्रकार समुदायविरूद्ध टिप्पणीको रूपमा नहेरोयिस्। उनले विनम्रतापूर्वक भने, मैले जे भनेको थिएँ, त्यो एकजना व्यक्तिको लागि थियो, तर यदि त्यसबाट सबैलाई ठेस पुगेको छ भने म हात जोड़ेर क्षमा माग्छु।

यसबीच मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार हस्तक्षेप गर्दै मन्त्रीको टिप्पणीलाई अप्रसांगिक बताए अनि सार्वजनिक माफी माग्ने सल्लाह दिए। उनले भने, यदि जयन्त मल्लबरूवाले कुनै पत्रकारप्रति असम्मानजनक शब्दहरू प्रयोग गरेका छन् भने उनले क्षमा याचना गर्नुपर्छ। समाजमा कुनै उच-निच हुँदैन, सबैले सम्मान पाउनुपर्छ।

मुख्यमन्त्रीले नैतिक जिम्मेवारी लिँदै यो पनि भने, यदि हाम्रा कुनै मन्त्रीबाट गल्ती भएको छ भने म पनि माफी माग्छु। यसप्रकारको भाषाको उपयोग पत्रकारहरूको लागि गर्नु हुँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande