सरकारसित समाजको शक्तिबाट बन्नेछ विकसित भारत
सरकारसित समाजको शक्तिबाट बन्नेछ विकसित भारत


पूर्वी चम्पारण,29 जून (हि.स.)। स्वर्णिम भारत निर्माणका अध्यक्ष मनीष कुमार शेखरले आइतवार मोतिहारीमा भने, विकसित भारत बनाउनका लागि युवाहरू अगाड़ि आउनुपर्छ। शेखरले भने, सरकारसित समाजको शक्तिबाट नै विकसित भारत बनाउन सकिनेछ।

मनीषले भने, सरकारको एउटा सीमा छ र यो सीमाभन्दा अधिक गर्नु सम्भव छैन, तर समाजको शक्ति अनन्त छ जसले भारतलाई एक दिन विकसित भारत सहित पुनः विश्वगुरुको रूपमा स्थापित गर्नेछ। शेखरले भने, देशलाई आवश्यकता परेको हरेक क्षणमा बिहारले उसलाई मार्गदर्शन गरेको छ। बिहारको गौरवशाली इतिहास रहिआएको छ जसमाथि सबै बिहारीहरूलाई गर्व छ।

आज पनि बिहारको बौद्धिक क्षमताको गुण देश मात्र नभएर सारा विश्वले गाउँछ। बिहारका मानिसहरूले आफ्नो जीवनमा नोकरी पाउनुलाई प्राथमिकता बनाएका छन् जसमा उनीहरू देशमै सबैभन्दा अग्र भागमा छन्। युवाहरूले समयसँगसँगै जीवनमा आफ्नो प्राथमिकता अनि लक्ष्य तय गर्न आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande