संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो
संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो


गान्तोक, 29 जून (हि.स.)। परिवहन, पर्यटन एवं संस्कृति सम्बन्धित संसदीय स्थायी समितिले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गऱ्यो। यस समितिको अगुवाई राज्यसभा सांसद एवं समतिका अध्यक्ष संजय कुमार झाले गरेका थिए।

प्रतिनिधिमण्डलमा सांसदगण राजीव प्रताप रूडी, सुरेन्द्र नागर, विश्वेश्वर हेगड़े, मोहम्मद अब्दुल्ला, केई प्रकाश एवं नीरज डांगी सामेल थिए। यस अवसरमा सिक्किमको लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा पनि उपस्थित थिए।

बैठकमा प्रतिनिधिमण्डलसॅंग राष्ट्रिय राजमार्गको विकास लगायत हालैमा मल्ली-सिङतामको निम्ति प्रस्तावित राष्ट्रिय राजमार्ग 210 को उपलब्धिमाथि विस्तारपूर्वक चर्चा भयो। साथै, सिक्किममा पर्यटन अवसंरचनाको सुदृढ़ीकरणमाथि पनि चर्चा भयो। यस अतिरिक्त, सिक्किमको स्थानीय र पारम्परिक कला, संस्कृति र विरासतको संरक्षण एवं संवर्धनको दिशामा गरिएका प्रयासहरूमाथि विचार विमर्श भयो।

राज्यपालले प्रतिनिधिमण्डललाई आत्मीय स्वागत जनाउॅंदै सिक्किममा सुखद प्रवासको कामना गरे। उनले यो यात्राले राज्यको समग्र विकास एवं सांस्कृतिक समृद्धिलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

उल्लेखनीय छ, संसदीय स्थायी समिति पॉंच दिवसीय (28 जूनदेखि 2 जुलाई, 2025) भ्रमणमा शनिवार सिक्किम आइपुगेको हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande