गुवाहाटी, 29 जून (हि.स.)। गुवाहाटी महानगरको बशिष्ठ पुलिसको एक टीमले चोरीको मामिलामा सामेल एक चोरलाई पक्राउ गरेको छ। पुलिसले आइतवार बतायो, बशिष्ठ पुलिस थानाको ईजीपीडी टीमले ब्रिन्दाबन पथ (हकी स्टेडियम नजिक) एक घरमा भएको चोरीको मामिलामा चोरलाई पक्राउ गऱ्यो।
सुनका गहना र 7,500 रूपियाँ नगदी चोरी मामिलामा पुलिसले सद्दाम अली (24) लाई पक्राउ गऱ्यो जो बाक्सा जिल्लाको निवासी हो। विश्वसनीय इपुटको आधारमा बाक्साको सोनबारीमा तलाशी अभियान चलाइयो। पक्रा परेको आरोपी सद्दाम अलीदेखि पुलिसले एक चेन, एक जोड़ी सुनको बाली, छह सुनका चुरा, 120 चांदीको झुमका र एक आभूषण ब्याग जफत गरेको छ। पुलिसले पहिलेदेखि दर्ता प्राथमिकीको आधारमा पक्रा परेको आरोपीसित सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी