आतङ्कवाद पीड़ित परिवारको लागि न्यायको प्रतीक्षा अब समाप्त भयोः एलजी
आतङ्कवाद पीड़ित परिवारको लागि न्यायको प्रतीक्षा अब समाप्त भयोः एलजी


अनन्तनाग, 29 जून (हि.स.)। आतङ्कवादबाट प्रभावित परिवारहरूसम्म व्यापक पहुँच स्थापना गर्दै जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले पीड़ित परिवारहरूलाई लामो समयदेखिको प्रतीक्षित न्याय अनि सहायता प्रदान गर्नको लागि शनिवार एक फास्ट ट्र्याक तन्त्रको घोषणा गरे।

अनन्तनागको पहलगाममा बोल्दै एलजी सिन्हाले यस्ता धेरै परिवारहरूले लामो समयदेखिकै झेल्दै आएको पीड़ा र उपेक्षालाई स्वीकार गरे साथै त्यसलाई शीघ्र निवारण गर्ने आश्वासन दिए। एलजी सिन्हाले भने, मलाई थाहा छ तपाईहरूले लामो समयदेखिको न्यायको प्रतीक्षा गरिरहनु भएको छ। आज म तपाईहरूलाई बताउन चाहन्छु कि अब तपाईहरूको प्रतीक्षा समाप्त भएको छ।

उपराज्यपालले दुई-आयामी दृष्टिकोणको रूपरेखा तयार गरे जसमा पात्र परिवारका सदस्यहरूको लागि रोजगार अनि उद्यमिताको लागि वित्तीय सहायता सामेल छ। उनले निर्देश दिए, आतङ्कवादमा ज्यान गुमाउने तथा सरकारी नोकरीका हकदार परिवारका सदस्यहरूले आफ्नो मामिलालाई तुरून्त सम्बन्धित डिप्टी कमिश्नर (डीसी) समक्ष प्रस्तुत गर्नुपर्छ।

सिन्हाले भने, नियुक्तिको प्रक्रियामा तीव्रता ल्याइनेछ साथै 30 दिनभित्रमा मामिला सुल्झाइनेछ। एलजी सिन्हाले एउटा विकल्प पनि पेश गरे: परिवारका सदस्य जो आफ्नो व्यवसाय शुरू गर्न चाहन्छ, उनीहरूलाई भारत सरकारद्वारा वित्तीय सहायता अनि अन्य सहायता प्रदान गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande