गुवाहाटी, 4 जून (हि.स.)। ओलम्पिक पदक विजेता औ असमकी गौरवशाली छोरी लवलिना बरगोहाईंको बहुप्रतीक्षित लवलिना बक्सिंग एकाडेमी- को 5 जूनमा विधिवत उद्घाटन हुनेछ। यस एकाडेमीको उद्घाटन मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गर्नेछन्।
उद्घाटन समारोहलाई लिएर लवलिना धेरै उत्साहित छन्। उनले भनिन्, आज मेरो सपना साकार भइरहेको छ। यो एकाडेमी असम र भारतका उदियमान मुक्काबाजहरूको निम्ति एउटा नयाँ अध्याय साबित हुनेछ।
यो एकाडेमी असम सरकारको खेल विकास पहलको एक भाग हो जसमा आधुनिक प्रशिक्षक सुविधा, अनुभवी कोच तथा खेलाड़ी विकास कार्यक्रम सामेल हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा