रम्फू, 08 जून (हि.स.)। मानव उत्थान सेवा समिति एवं मानव सेवादल सिक्किम राज्यद्वारा आज पाकिम जिल्ला अन्तर्गत मानव उत्थान सेवा समिति रम्फू स्थित श्री सुयश सत्संग धाम आश्रम परिसरको पर्यावरण जागरूकता एवं सामाजिक केन्द्रमा गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजी तथा रम्फू तहसील प्रभारी महात्मा सरला बाईजीको विशेष नेतृत्वमा विभिन्न प्रजातिका 200 जति हर्बलका बिरूवा रोपियो।
मानव उत्थान सेवा समिति रम्फूस्थित श्री सुयश सत्संग धाम आश्रम परिसरमा सन् 2007 सालदेखि सञ्चालित यो पर्यावरण जागरुकता एवं सामाजिक केन्द्रमा अहिलेसम्म हर्बलका साना ठूलागरि धेरै प्रजातिका विरूवाहरू रोपिसकेको छ। समितिले यसै स्थानमा मिनी नर्सरी हर्बल गार्डन पनि सञ्चालन गर्दै आइरहेको छ।
यहाँबाट हुर्केका बोट बिरूवाहरू धेरै ठाउँमा वितरण हुने गर्थ्यो, तर गत अक्टोबर 2023 मा भएको टिस्टा त्रासदीले मिनी नर्सरी हर्बल गार्डन सबै नष्ट भएको थियो। यस स्थानमा 2025 सालदेखि फेरि हर्बल गार्डन सञ्चालनमा ल्याउन पहल शुरू गरिएको हो।
हिन्दुस्थान समाचार / प्रदीप