सिक्किम पेन्टिकोस्ट चर्चेस काउन्सिलले पालन गऱ्यो अन्तरराष्ट्रिय पेन्टिकोस्टल डे
सिक्किम पेन्टिकोस्ट चर्चेस काउन्सिलले पालन गऱ्यो अन्तरराष्ट्रिय पेन्टिकोस्टल डे


जोरथाङ, 08 जून (हि.स.)। सिक्किम पेन्टिकोस्टल चर्चेस काउन्सिलले हिजो अन्तरराष्ट्रिय पेन्टिकोस्ट डे जोरथाङको सामुदायिक भवनमा भव्यताका साथ पालन गऱ्यो। उक्त अवसरमा 65 वर्ष भन्दा अधिक उमेर पुगेका र 20 वर्षभन्दा अधिक समय सेवाकाइमा बिताइसकेका वयोवृद्ध पास्टरहरुलाई अभिनन्दन जनाउने कार्य गरियो भने कतिपय दिवंगत भइसकेका पास्टरहरुका श्रीमतीहरुलाई पनि यो अभिनन्दन जनाइयो। यसका साथै एसपीसीका भूतपूर्व अध्यक्षहरुलाई पनि सम्मान जनाइको बताइएको छ।

यस सेवाकाइमा पास्टर डी. एस छेत्री प्रमुख अतिथिकारुपमा उपस्थित रहेका थिए भने उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिकारुपमा उपस्थित रहेका थिए।

सम्बोधनको क्रममा जेकब खालिङले यसरी धेरै वर्षदेखि सेवामा आफ्नो जीवन सुम्पेर दुःख गरेका अग्रज गुरुजनलाई अभिनन्दन र सम्मान जनाउने कार्य गरेकोमा सराहना गरे। वर्तमान सरकार सदैव इसाई मण्डलीहरुको हित र विकासमा काम गरिरहेको जानकारी दिँदै हालमा चर्चले स्वतन्त्रतापूर्वक सेवाकाई गर्न पाइरहेको बताए।

यस सेवाकाईमा कालेबुङबाट पास्टर तिमोथी मुन्ना सुन्दासले आशिषमय परमेश्वरको वचन प्रचार गरेका थिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande