सिलगढ़ी, 13 जुलाई (हि.स.)। सिलगढ़ी जर्नलिस्ट्स क्लब परिसरमा आइतवार 211औं भानु जयन्ती पालन गरियो। यस अवसरमा पत्रकारहरूले आदिकवि भानुभक्त आचार्यको चित्रमा माल्यार्पण अनि पुष्प अर्पण गरी उनलाई श्रद्धाञ्जलि चढ़ाए।
उल्लेखनीय छ, भानु जयन्ती विश्वभरिकै गोर्खा समुदायको लागि एक विशेष दिन हो। आजको दिन अर्थात 13 जुलाईमा कवि भानुभक्त आचार्य जसलाई 'आदिकवि' -को रूपमा मानिन्छ,- को जन्म जयन्तीलाई धुमधामसितले मनाइन्छ। यसै क्रममा सिलगढ़ी जर्नलिस्ट्स क्लबमा पनि भानु जयन्ती श्रद्धा अनि सम्मानपूर्वक मनाइयो।
कार्यक्रममा सिलगढ़ी जर्नलिस्ट्स क्लबको प्रबन्धन समितिका सबै सदस्यहरू लगायत क्लबका आम सदस्यहरू पनि उपस्थित थिए। यस अवसरमा पत्रकारहरूले आदिकविलाई स्मरण गर्दै रामायण अनि कविताहरू पाठ गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा