कुशीनगरमा ट्र्याक्टर र कार आपस्तमा ठोक्किएर चार जनाले गुमाए ज्यान
कुशीनगरमा ट्र्याक्टर र कार आपस्तमा ठोक्किएर चार जनाले गुमाए ज्यान


कुशीनगर, 13 जुलाई (हि.स.)। कुशीनगर जिल्लाको पटहरेवा क्षेत्रान्तर्गत बगहीकुटी नजिक फोर लेनमा आइतवार बिहान एउटा कार र ट्र्याक्टर-ट्रली आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भएको कारणले चार जना मानिसहरूको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कार सवारहरू झारखण्डदेखि सिद्धार्धनगर गइरहेका थिए। मृतकहरूको पहिचान मनोज शर्मा, सुजीत जायसवाल, रामकरन गुप्ता अनि कैलाश मणि त्रिपाठी, जिल्ला सिद्धार्थनगरको रूपमा भएको छ।

घाइतेद्वय राजेश शर्मा, पुत्र कृष्ण शर्मा निवासी (चालक) अनि सुशान्त शर्मा, पुत्र धीरेन्द्र शर्मा निवासी दीनदयाल नगर, जिल्ला सिद्धार्थनगरले बताए, सबैजना हिजो राति 10 बजी झारखण्डको देवघरदेखि वैद्यनाथ धाम दर्शन गर्न हिँड़ेका थिए। निरन्तर वाहन हाँकेको कारण बिहान निन्द्रामा झुल्दा चालकले कारलाई ट्र्याक्टरको ट्रलीसित ठोक्कायो।

पुलिस अधीक्षक कार्यालयबाट जारी विज्ञप्तिमा बताइएको छ, दुर्घटनामा कार सवार चार जना मानिसहरूको मृत्यु भयो भने अन्य दुई जना घाइते भए। घाइतेहरूलाई समुचित उपचार गराइँदैछ। सबै मृतकहरू सिद्धार्थनगरका निवासी हुन्। अग्रिम आवश्यक कारबाही गरिँदैछ। घटनास्थलमा शान्ति व्यवस्था कायम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande