शोटोकन कराते परीक्षामा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन
शोटोकन कराते परीक्षामा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन


कोलकाता, 13 जुलाई (हि. स.)। कियो जापान शोटोकान कराते-डो एसोसिएशन इण्डियाको तत्वावधानमा आइतवार करातेको परीक्षा आयोजना गरियो जसमा पश्चिम बंगालका धेरै वटा जिल्लाहरूबाट सैकड़ौं विद्यार्थीहरूले भाग लिए। यस अवसरमा प्रतिभागीहरूलाई विभिन्न डिग्रीहरूको लागि प्रमोट गरियो।

यसमा भाग लिने विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट प्रदर्शनीको आधारमा रेड-4थ क्यू प्रदान गरियो। यो प्रमोशनले उनीहरूको कला, अऩुशासन एवं करातेप्रति समर्पणलाई दर्शाउँछ। कार्यक्रममा सहभागी भएका अन्य विद्यार्थीहरूलाई पनि उनीहरूको योग्यता अनुसार सर्टिफिकेट र डिप्लोमा प्रदान गरियो।

यस आयोजनमा संगठनका प्रमुख कियोसी मोहम्मद कौसर उपस्थित थिए जो जेएसकेए पश्चिम बंगालका चीफ इन्स्ट्रक्टर हुन्। उनी बाहेक हावड़ा जिल्लाका प्रेसिडेन्ट कृष्ण प्रसाद, बर्धमानका प्रेसिडेन्ट महोम्मद नसिरूद्दीन, बृजमोहन वर्मा (हुगली प्रेसिडेन्ट), सेक्रेटरी पप्पू पटे, राजन साहा, अर्जुन दास, विजय रजक र उत्तर 24 परगनाबाट एलिना मण्डल शिक्षकका रूपमा उपस्थित थिए। यी सबै प्रशिक्षकहरूले नानीहरूलाई मार्गदर्शन गर्नको साथै सर्टिफिकेट पनि वितरण गरे।

कार्यक्रमको समापनमा आयोजकहरूले बताए, कराते एउटा खेल मात्र होइन, यो अनुशासन, आत्मरक्षा तथा चरित्र निर्माणको माध्यम पनि हो। उनीहरूले नानीहरूलाई नियमित अभ्यास र भविष्यमा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नको लागि प्रोत्साहित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande