कोलकाता, 13 जुलाई (हि.स.)। राज्यमा एसएससी घोटालाको गुञ्जनबीच अब प्राथमिक शिक्षक भर्तीमा भएको कथित टेट घोटाला पनि चिन्ताको विषय बनेको छ। वर्ष 2014-को टेटको आधारमा गरिएको भर्तीमा भ्रष्टाचार भएको आरोप लागेपछि अब 32 हजार प्राथमिक शिक्षकहरूको नोकरी खतरामा परेको छ। यो मामिला 14 जुलाईको दिन कोलकाता उच्च अदालतमा न्यायमूर्ति तपोब्रत चक्रवर्तीको एकल पीठमा सुनवाईको निम्ति सूचीबद्ध भएको छ।
सूत्र अनुसार यस मामिलाको सुनवाई सोमवार अपरान्ह 2 बजे हाई कोर्टको 11 नम्बर कोर्ट रूममा हुनसक्छ। पछिल्लो सुनवाईमा जस्टित तपोब्रत चक्रवर्तीले चर्को स्वरमा प्रश्न गरेका थिए, यदि भ्रष्टाचार सामु भयो भने तथा प्रशासनिक अधिकारीहरूलाई पनि यसमा लिप्त पाइयो भने के एकजना न्यायाधीस मौन रहन सक्छन्?”
उनले यो पनि स्पष्ट पारेका थिए, अदालतले यो हेर्नेछैन कि कसलाई लाभ हुन्छ र कसलाई हानि, भ्रष्टाचार सामु आएपछि निश्चित रूपमा कारबाही गरिनेछ।
यसपालिको सुनवाईमा “वञ्चित उम्मेद्वार”-हरूले पहिलो पटक अदालतमा आफ्नो कुरा राख्नेछन्। उनीहरूका वकिलले अदालतसित माग गर्न सक्नेछन् कि सम्पूर्ण प्यानललाई रद्द गरिनु वा सबै 32 हजार नोकरीलाई रद्द गरिनु।
स्मरण गराइन्छ, वर्ष 2014-मा आयोजित टेट परीक्षाको आधारमा वर्ष 2016-देखि प्राथमिक शिक्षकहरूको भर्ती प्रक्रिया शुरू भएको थियो। यस प्रक्रिया अन्तर्गत 42,949 मानिसहरूले नियुक्ति पाएका थिए, तर भर्तीमा अऩियमितता भएको आरोप लगाउँदै केही याचिकाहरू उच्च अदालतमा दर्ता गरिएको छ।
तत्कालीन न्यायमूर्ति अभिजीत गांगुलीले सुनवाईपछि 32 हजार शिक्षकहरूको नियुक्तिलाई रद्द गर्दै राज्य सरकारलाई नयाँ भर्ती प्रक्रिया शुरू गर्ने निर्देश दिएका थिए। पछि राज्य सरकारले उक्त फसेलालाई चुनौती दिँदै उच्च अदालतको डिभीजन बेञ्चमा याचिका दर्ता गराएको थियो। हाल यो मामिला न्यायमूर्ति तपोब्रत चक्रवर्तीको बेञ्चमा चलिरहेको छ जसको अघिल्लो सुनवाई 14 जुलाईमा भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा