हावड़ा ,13 जुलाई (हि.स)। श्रावण महिनामा प्रत्येक वर्ष हजारौं श्रद्धालुहरू तारकेश्वर मन्दिरमा जलार्पण अनि पूजा गर्नका लागि आइपुग्छन् जसलाई ध्यानमा राखेर पूर्व रेलवेको हावड़ा मण्डलले यस वर्ष तारकेश्वर रेलवे स्टेशनमा यात्रीहरूको सुविधा अनि सुरक्षाको लागि विशेष प्रबन्ध गरेको छ।
पूर्व रेलवेद्वारा यात्रीहरूको भीड़लाई नियन्त्रण गर्नको लागि स्टेशनको प्लेटफर्म नम्बर एक (ए) र एकमा एउटा-एउटा ठूलो वेटिंग रूम बनाइएको छ जहाँबाट लाइन लागेर क्रमबद्ध रूपमा यात्रीहरूलाई स्टेशनमा प्रवेश गर्ने अनुमति दिइनेछ।
हावड़ा र शेवड़ाफुलीको दिशामा जाने यात्रीहरूलाई यसै प्रतीक्षा क्षेत्रको माध्यमबाट प्रवेश गराइनेछ भने आरामबाग र गोघाट दिशामा जाने यात्रीहरूको लागि बस स्ट्याण्ड तिरबाट दोस्रो प्रवेश द्वार राखिएको छ।
ट्रेनहरूको संचालनलाई सुव्यवस्थित बनाउनको लागि प्लेटफर्मगत व्यवस्था गरिएको छ। हावड़ा र शेवाड़ाफुलीतर्फ जाने रेलगाड़ी फ्लेटफर्म एक र एक (ए)-बाट प्रस्थान हुनेछ आरामबाग तर्फ जाने रेलगाड़ीहरू फ्लेटफर्म नम्बर दुई र तीनबाट प्रस्थान हुनेछ।
भीड़लाई नियन्त्रण अनि यात्रालाई सुरक्षित बनाउनको लागि प्लेटफर्म एकमा विशेष ब्यारिकेड लगाइएको छ जसबाट चढ़्ने र झर्ने यात्रीहरूको मार्गलाई अलग-अलग बनाउन सकियोस्।
यात्रीहरूको सुविधाको लागि अटोमेटिक टिकट वेंडिग मशिन वेटिंग रूम, मन्दिरको दिशा र बस स्ट्याण्ड तर्फ स्थापना गरिएको छ ज सबाट टिकट प्राप्त गर्न कुनै समस्या हुनेछैन।
यसको साथै रेलवे सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ ताकि यात्रीहरूलाई सहायता प्राप्त होस् अनि शान्ति व्यवस्था कायम रहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा