भाजपा सिक्किमद्वारा 211औं भानु जयन्ती पालन
भाजपा सिक्किमद्वारा 211औं भानु जयन्ती पालन


गान्तोक, 13 जुलाई (हि.स.)। भाजपा कार्यकर्ताहरूको सक्रियतामा आज रूम्तेकमा आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती सामान्य रूपमा पालन गरियो। कार्यक्रममा पार्टी राष्ट्रिय परिषद् सदस्य एनके सुब्बालगायत उपाध्यक्ष दिनेश चन्द्र नेपाल, महामन्त्री भरत दुलाल साथै अन्य पदाधिकारीगण साथै कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा आदिकविको योगदान र नेपाली भाषा-साहित्यको गौरवमय इतिहासको स्मरण गर्दै सबैले भानुको तस्वीरमा पुष्पाञ्जली अर्पण गरे। कार्यक्रममा हालै दिवंगत भएका पद्मश्री सानु लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनटको मौनधारण पनि गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले भानुभक्त आचार्यको जीवनी, नेपाली भाषाप्रति उनको योगदान आदि विषयहरूमाथि प्रकाश पारेको भाजपा सिक्किमले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande