कल्याणी जेएनएम अस्पतालमा तीन दिनदेखिको बुजुर्ग ट्रलीमै छन्, प्रशासन मौन
कल्याणी जेएनएम अस्पतालमा तीन दिनदेखिको बुजुर्ग ट्रलीमै छन्, प्रशासन मौन


नदिया, 13 जुलाई (हि.स.)। जिल्लाको कल्याणी जवाहर लाल नेहरू मेमोरियल अस्पतालबाट मानवतालाई लज्जित तुल्याउने एउटा घटना सामु आएको छ। एकजना एचआईभी पोजिटिभ बुजुर्ग व्यक्तिलाई उनको छोराले अस्पतालमा भर्ती गराएर बेपत्ता भएको छ। बितेका तीन दिनदेखिको उक्त बुजुर्ग व्यक्ति अस्पतालको बहिर्विभागको एउटा ट्रलीमा नग्न अवस्थामा छन्, तर अस्पताल प्रशासन, न त पुलिसले नै अहिलेसम्म कुनै ठोस कदम उठाइरहेको छ।

प्राप्त जानकारी अनुसार गत 10 जुलाईको दिन एकजना व्यक्तिले आफ्नो पितालाई उपचारको निम्ति कल्याणी जेएनएम अस्पतालमा लिएर आएको थियो। प्राथमिक जाँचमा रोगी एचआईभी पोजिटिभ रहेको पत्तो लाग्यो। त्यसपछि बुजुर्गको छोराले उनलाई अस्पतालमै छाड़ेर भाग्यो। तबदेखि बुजुर्ग रोगी अस्पतालको आउटडोर विभागको बाहिर एउटा ट्रलीमा छन्। ती बुजुर्ग पूर्ण रूपमा नग्न अवस्थामा छन्, तथापि कसैले एउटा च्यादर समेत ओड़ाइदिएको छैन।

अस्पतालका कर्मचारीहरूले बताए, उनीहरूले यस मामिलाको जानकारी पुलिस अनि अस्पताल प्रशासनलाई कैयौं पटक दिसकेको भए पनि कुनै कदम उठाइएको छैन। प्रशासनको पक्षबाट आश्वासन मात्र दिइएको छ, तर वास्तविकतामा कुनै कारबाही भएको छैन।

जानकारी अनुसार अस्पताल कर्मचारीहरूले पुलिसलाई बोलाएका थिए, तर पुलिसले एक घण्टामा कारबाही गर्ने वाचा गरेर फर्केर आएको छैन। तीन दिन बितिसक्दा पनि रोगीलाई न त सुरक्षित स्थानमा शिफ्ट गरिएको छ न त उनको छोरासित कुनै सम्पर्क गरिएको छ। जबकि पुलिससित छोराको मोबाइल नम्बर समेत छ।

यस दुःखदायी घटनालाई लिएर अस्पतालमा उपचार गर्न आउने अन्य रोगी तथा परिवारहरूले रोष व्यक्त गरेका छन्। उनीहरूले प्रशासनसित माग गरेका छन्, यस्तो मामिलामा तत्काल मानवीय कदम उठाइयोस् ताकि भविष्यमा कुनै पनि बुजुर्गलाई यस किसिमको विवशताको शिकार हुन नपरोस्।

--

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande