कोलकाता, 13 जुलाई (हि.स.)। पश्चिम बंगालमा अवैध घुसपैठ औ जाली मतदाताहरूलाई लिएर राजनीति गर्मिएको छ। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता अमित मालवीयले आइतवार पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि धारिलो प्रहार गर्दै प्रश्न उठान गरे, ममता ब्यानर्जीले अहिलेसम्म सूची किन सुम्पिएनन् जसको बारेमा उनले 20 वर्षअघि नै लोकसभामा दाबी गरेकी थिइन्।
मालवीयले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा लेखेका छन्, 4 अगस्त, 2005-मा ममता ब्यानर्जीले संसदमा भनेकी थिइन्, ‘बंगालमा घुसपैठ अब एउटा आपदा बनिसकेको छ। मसित बंगलादेशी र भारतीय भोटरहरूको सूची छ। यो गम्भीर मामिला हो।’ तर आज 20 वर्ष बितिसक्दा पनि उनले यो सूची पेश गरेकी छैनन्। आखिर ममता ब्यनर्जीले के लुकाइरहेकी छन्?
यसपूर्व पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले पनि राज्यमा जाली मतदाताहरूको ठूलो संख्यालाई लिएर चिन्ता व्यक्त गरेका थिए। उनले आरोप लगाए, राज्यका सीमावर्ती जिल्लाहरू जस्तै कुचबिहार, उत्तर 24 परगना तथा दक्षिण 24 परगनामा जनसंख्या अस्वभाविक रूपमा बढ़िरहेको घटनाले घुसपैठ भएको संकेत दिन्छ।
उनले भने, बंगालको मतदाता सूचीलाई बिहारको जस्तै सफा र स्पष्ट बनाउन आवश्यक छ जसरी बिहारमा पुनरीक्षण अभियान संचालनगरिँदैछ। त्यस्तै अभियान बंगालमा पनि शुरू गर्नुपर्छ। तृणमूल सरकारले उनीहरूलाई शरणार्थी मान्दछ, तर वास्तविकतामा उनीहरू घुसपैठी हुन्।
भर्खरै चुनाउ आयोगले गत 24 जूनको दिन बिहारमा मतदाताहरूलाई आफ्नो नागरिकता साबित गर्नका लागि दस्तावेज जमा गर्ने निर्देश दिएको थियो। यस निर्णयको तृणमूल कंग्रेस सहित धेरैवटा विपक्षी दलहरूले विरोध गरेको छ। उनीहरूको भनाइ छ, यो प्रक्रियाले समाजमा पछाड़िएका मानिसहरूलाई भोटिंग गर्ने अधिकारदेखि वञ्चित बनाउनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा