नाम्ची, 13 जुलाई (हि.स.)। रांके मेला समारोह समिति र जिल्ला प्रशासनको संयुक्त तत्वावधानमा आयोजना भइरहेको रांके मेला 2025 को आज नाम्चीस्थित सेण्ट्रल पार्कमा जोश अनि उत्साहको साथमा उद्घाटन सम्पन्न गरियो। उद्घाटन समारोहमा खाद्य एवं नागरिक आपूर्ति विभाग मन्त्री भोजराज राई मुख्य अतिथि थिए। उनको साथमा विधायक एवं सल्लाहकार सतिशचन्द्र राई र पञ्चायतिराजकी सल्लाहकार रमा तामाङ पनि उपस्थित थिए।
मन्त्री राईले रांके मेला आधिकारिक रूपमा शुरू भएको घोषणा गरे। उनले आफ्नो सम्बोधनमा आगामी पॉंच दिनसम्म चल्ने रांके मेलामा सबैलाई भ्रमण गर्न आह्वान गर्दै मेलाको पूर्ण आनन्द लिने आशा व्यक्त गरे। मुख्य अतिथिले मेलामा परम्परागत घर, फूड स्टल, हस्तशिल्प दोकान, झीम झीम बजार भ्रमण गर्दै दोकानेहरूसॅंग अन्तरक्रिया पनि गरे।
जानकारी अनुसार, 16 र 17 जुलाईका दिन पहिलोपल्ट बाइक ऱ्याली पनि आयोजना भइरहेको छ। नाम्ची पर्यटनलाई अगाडि बढाउने उद्देश्यले गरिने उक्त बाइक ऱ्यालीमा सिक्किमभरिका क्लबहरूले भाग लिनेछन्। बाइक ऱ्यालीमा देशका अन्य राज्यहरूका साथै छिमेकी देशबाट पनि अतिथिहरूलाई निम्त्याइएको छ।
हिन्दुस्थान समाचार / बिशाल