कलाइन थाना परिसरमा झुण्डिरहेको पुलिसकर्मीको शव भेटियो, जाँचमा जुट्यो पुलिस
कलाइन थाना परिसरमा झुण्डिरहेको पुलिसकर्मीको शव भेटियो, जाँचमा जुट्यो पुलिस


कछार (असम), 13 जुलाई (हि.स.)। असमको कछार जिल्ला अधिनस्थ कलाइन थाना परिसरमा एकजना पुलिसकर्मीको गलफन्दामा झुण्डिरहेको शव भेटियो जसपश्चात क्षेत्रमा खैलाबैला शुरू भएको छ। मृतकको पहिचान यूबी नायक अलिम उद्दीनको रूपमा भएको छ जो कलाइन थानामा तैनाथ थिए।

जानकारी अनुसार गए शनिवार राती ड्यूटीपछि अलिम उद्दीन आफ्नो कोठामा सुत्न गएका थिए। तर आइतवार बिहान उनले ढोका नखोल्दा उनका सहकर्मीहरूलाई शंका लाग्यो। शुरूमा उनीहरूले बोलाए, तर कुनै प्रत्युत्तर आएन, त्यसपछि ढोका भत्काएर भित्र हेरियो जहाँ उनलाई गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो।

घटनाको सूचना पाए लगत्तै सर्कल अधिकारी रबर्ट टोल अनि अतिरिक्त पुलिस अधीक्षक महेन्द्र बोरा घटनास्थलमा पुगे। उनको उपस्थितिमा शवलाई उद्धार गरी पोस्टमर्टम गर्नकोलागि सिलचर पठाइयो।

घटनालाई लिएर कलाइन थाना परिसरमा खैलाबैला मच्चिएको छ। पुलिसले मामिला दर्ता गरेर मृत्युका कारणहरूको जाँच गरिरहेको छ। शुरूआती अनुमानमा आत्महत्या हो, तर पुलिसले हरेक कोणबाट जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande